• Friday, June 13, 2025

तरकारी खेतीबाट मनग्य आम्दानी

Vegetable farmingडोटी, ३ पुस । लाटामाडाँै, ९ तिलतालीका कृषक मैनादेवी बोगटीको बारीमा हरेक मौसममा लटरम्म गोलभेँडा फलेका हुन्छन् । मौसमअनुसार खुल्ला ठाँउमा र हिउँमा प्लास्टिकको घर बनाएर उहाँले तरकारी फलाउने गर्नुभएको छ ।

आफ्नै बारीमा पसिना चुहाएर फलाएको गोलभेँडाले राम्रो बजार पाएपछि उहाँले यसवर्ष मात्रै १८ क्वीन्टल गोलभेँडा प्रतिकेजी रु ५० को दरले गाउँमै बेचेको बताउनुभयो ।

गोलभेँडाबाट राम्रो आम्दानी भएको र एक याममा ६ क्वीनटलसम्म बेच्दा रु ५० हजार भन्दा बढी आम्दानी हुने गरेको कृषक बोगटीको भनाइ छ ।

सेवक नेपाल संस्थाबाट पोली हाउस र बीउविजन पाएदेखि बेमौसममा समेत राम्रो आम्दानी गर्न उहाँ सफल हुनुभएको हो ।

सो संस्थाको सहयोगमा लाटामान्डाँैकै भोजबहादुर महरासमेत गोलभेँडखेतीतर्फ आकर्षित बन्नुभएको छ । उहाँले पनि आफ्नै बारीमा बेमौसममा समेत गोलभेँडा फलाएर मनग्य आम्दानी गर्नुभएको छ ।

सोही संस्थाको सहयोगमा लाटामान्डौ– ८ का रमेश बलायरले पनि बोइलरका चल्ला उत्पादन गर्दै आउनुभएको छ । डोटीमा पहिलो पटक ह्याचरी मेसिनबाट बोइलर चल्ला उत्पादन उत्पादन गर्नुभएका उहाँका आफ्नै मासु पसल समेत छ ।

डोटीमा सो संस्थाले पोषण तथा खाध्य सुरक्षा परियोजना कार्यक्रम लागू गरेपछि जिल्लाका खातिवडा, बाँझककानी, पचनाली, लाटामाण्डाँै र बारपाटाका कृषक आयआर्जजनका क्रियाकलापमा सक्रिय हुन थालेका हुन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter