• Tuesday, June 10, 2025

अङ्ग्रेजी नयाँ वर्षमा पोखरामा सडक महोत्सव

Pokhara- Literature Festivalकाठमाडौं, ३ पुस । अङ्ग्रजी नयाँ वर्षका अवसरमा स्वदेशी र विदेशी पर्यटकलाई लक्षित गरेर पर्यटकीय नगरी पोखराको फेवाताल किनारमा १८ औं पोखरा सडक महोत्सव गरिने भएको छ ।

पोखरालाई नेपालसहित विश्व पर्यटन बजारमा थप परिचित गराउन पुस १३ देखि १७ गतेसम्म रेष्टुरेँट एण्ड वार एशोसिसयसन अफ नेपाल (रेवान) पोखराले महोत्सव गर्न लागेको हो । फेवाताल किनारको शहीदचोकदेखि खहरे डिहिकोपाटनसम्म साँढे तीन किलोमिटर क्षेत्रमा महोत्सव गरिने छ ।

‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने नारासाथ महोत्सव गर्न लागिएको महोत्सवका संयोजक गोपीबहादुर भट्टराईले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

महोत्सवका अवसरमा होटल र रेष्टुरेँटले दिने सेवामा १५ देखि २० प्रतिशत छुट दिने संयोजक भट्टराईले जानकारी दिनुभयो ।

हिमाल, ताल, गुफा, धार्मिकस्थल र पर्यटकीय सुन्दरताले विश्व बजारमै अग्रणी पर्यटकीय गन्तव्यका रुपमा चिनिएको पोखरामा हुने सो महोत्सवमा विविध खानाका परिकार, खेलकुद, सांस्कृतिक र मनोरञ्जनमूलक कार्यक्रमसमेत आयोजना गरिनेछ ।

पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले आन्तरिक र बाह्य पर्यटन प्रबद्र्धन गर्न यस्ता महोत्सवले योगदान पु¥याउने बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter