• Sunday, June 15, 2025

अमेरिकाद्वारा ६६ नेपाली वस्तुलाई भन्सार छुट

Barrack Obamaकाठमाडौँ, ३ पुस । अमेरिकी राष्ट्रपति बाराक ओबामाले ‘ट्रेड फेसिलिटेसन एन्ड ट्रेड प्रिफरेन्स एक्ट–२०१५’ लाई कार्यान्वयन गर्न बिहीबार नेपालका लागि व्यापार ग्राह्यता दिनेसम्बन्धी ऐनको घोषणा गर्नुभएको छ ।

उक्त ऐन लागू भएपछि नेपालले गलैँचा, सल, कम्बल, लगेज तथा झोलालगायतका ६६ नेपाली वस्तुले अमेरिकी बजारमा पहुँचका लागि भन्सार छुट पाउनेभएको परराष्ट्र मन्त्रालयले आज जनाएको छ । यसबाट अमेरिकामा नेपालको निर्यात बढ्ने अपेक्षा गरिएको छ । उक्त सुबिधा ऐनले तोकेका प्रावधान बमोजिम हुनेगरी डिसेम्बर २०२५ सम्म कायम रहनेछ ।

अमेरिकी काँग्रेस र सिनेटले पास गरेपश्चात राष्ट्रपति ओबामाले २४ फेब्रुअरी २०१५ मा उक्त ऐनमा हस्ताक्षर गर्नुभएको हो । सो ऐनलाई कार्यान्वयनमा ल्याउने प्रकृयाका क्रममा ऐनमा भएको प्रावधान अनुसार अमेरिकाको व्यापार प्रतिनिधि कार्यालयले उपर्युक्त ६६ वटा वस्तु अमेरिकी बजारमा आयात सम्वेदनशील भए नभएको यकिन गर्न नेपाली सरकारी अधिकारी तथा निजी क्षेत्रका व्यवसायी समेतलाई समावेस गरी गत जुन २०१६ मा वासिङ्गटन डिसिमा सार्वजनिक सुनवाई गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उक्त सुनुवाई, सरकारको निरन्तर पहल र ७ डिसेम्बर २०१६ मा जेनेभास्थित विश्व व्यापार सङ्गठनले पारित गरेको छुटपछि अमेरिकी राष्ट्रपति ओबामाले व्यापार ग्राह्यता दिनेसम्बन्धी ऐनको घोषणा गर्नुभएको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter