• Tuesday, June 17, 2025

यातायात व्यवस्था कार्यालय ठूलो भ¥याङमा

transport-departmentकाठमाडौँ, १७ पुस । स्वयम्भूको ठूलो भ¥याङबाट पनि सवारी चालक अनुमतिपत्रसम्बन्धी काम सुरु भएको छ ।

यातायात व्यवस्था विभागले आजदेखि ठूलो भ¥याङमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र वाग्मतीको सेवा विस्तार गरेको हो । कार्यालयको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले यही पुस २७ गतेदेखि चाबहिल र भक्तपुरको जगातीमा पनि कार्यालय खोलिने जानकारी दिनुभयो ।

“एकान्तकुनामा मात्र रहेको वाग्मती अञ्चल कार्यालयलाई तीन स्थानमा विस्तार गरेपछि सवारी चालक अनुमतिपत्रको आवेदन फाराम भर्न र नवीकरण गर्न मध्यरातदेखि लामबद्ध हुनुपर्ने समस्या हट्नेछ, कार्यालयका कर्मचारी साथीहरुले समयमै सेवाग्राहीको काम गरिदिएर भिड अन्त गर्नुहुने विश्वास छ”, उहाँले भन्नुभयो ।

कार्यालयमा सोमबारदेखि सवारी चालक अनुमतिपत्र नवीकरण गरिने र एक हप्तापछि नयाँ अनुमति पत्र लिन आवेदन दिन सकिने कार्यालय प्रमुख वीरेन्द्र स्वाँरले बताउनुभयो ।

अनुमतिपत्र लिन सेवाग्राहीको भिड बढेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयलाई कार्यालय थप गर्न तीन महिनाअघि निर्देशन दिएको थियो । निर्देशनानुसार खुलेको सो कार्यालयको मासिक भाडा रु एक लाख ३९ हजार पर्नेछ । चाबहिल र जगातीमा पनि घर भाडामै लिएर कार्यालय खोल्न लागिएको विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिनुभयो ।

नयाँ खुल्ने कार्यालयमा नयाँ अनुमतिपत्र लिन आवेदन फाराम भर्नेको परीक्षासमेत लिन सकिने व्यवस्था छ । विभागले एक साताअघिदेखि सवारी चालक अनुमतिपत्रको फाराम अनलाइनबाटै भर्न सकिने सेवाको सुरुआत गरेको छ । विभागले एक वर्षअघिदेखि स्मार्ट सवारी चालक अनुमतिपत्र वितरण सुरु गरेको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter