• Sunday, June 15, 2025

ट्याक्सी चढेको कम्प्युटर बिल पाइने

EON-taxiभीष्मराज ओझा / काठमाडौँ, १७ पुस । सरकारले ट्याक्सी चढ्दा सर्वसाधारण नठगिऊन् भनेर आजदेखि काठमाडौँ उपत्यकाभित्रका ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर) जडान गर्ने कामको सुरुआत गरेको छ ।

उद्योग मन्त्रालय, नेपाल गुणस्तर तथा नापतौल विभागले हाल सञ्चालनमा रहेका मिटरजडित ट्याक्सीमा अनिवार्य रुपमा कम्प्युटर बिलिङ प्रणाली कार्यान्वयन गर्न तालिका बनाई जाँच पास गराउन सूचित गरेको छ । विभागले यसअघि नै मिटरमा प्रिन्टर जडान गरी ट्याक्सी टेम्पो एकाइ बालाजुबाट जाँच पास गराउन यही पुस ४ गते सार्वजनिक सूचना प्रकाशन गरेको थियो । आजदेखि ट्याक्सी मिटर नवीकरण÷नामसारी गर्दासमेत अनिवार्य प्रिन्टरजडित मिटर मात्र नवीकरण÷नामसारी गरिने महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिनुभयो ।

ट्याक्सी सञ्चालकले हालको मिटरमा प्रिन्टर जडान गर्दा रु पाँच हजारदेखि आठ हजारसम्म खर्च लाग्ने अनुमान छ । विभागको आग्रहमा नेपाली बजारमा मागअनुसार कम्प्युटर बिलिङ प्रिन्टर उपलब्ध रहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर) जडान गरे÷नगरेका बारेमा संयन्त्र बनाई कडा अनुगमन गर्नेर्छाैं, नियम नमान्नेलाई कानुनबमोजिम कारबाही हुन्छ ।”

विभागले ट्याक्सीमा मिटर जडान गरी जाँच गराउन तालिकासमेत बनाएको छ । सोअनुसार प्रत्येक हप्ता पाँच सय ट्याक्सीमा प्रिन्टर जडान गरेका बारेमा जाँच गरिने महानिर्देशक पुडासैनीले बताउनुभयो । विभागले २०७४ साल साउन ७ गतेसम्म काठमाडौँ उपत्यकाका सबै ट्याक्सीमा मिटर जडान गरेका बारेमा जाँच गरिसकिने जनाएको छ ।

राजधानीमा सर्वसाधारणले ट्याक्सी भाडा महँगो भएको र ठगिने क्रम बढेको गुनासो गरेपछि मन्त्रालयले ट्याक्सी व्यवसायलाई व्यवस्थित गर्न सो नियम बनाई लागू गरेको हो । सर्वसाधारणले मिटरअनुसार ट्याक्सी चढ्न पाउनुप¥यो र ट्याक्सी सञ्चालकले पनि ट्याक्सी चलाएअनुसार पारिश्रमिक लिनुप¥यो भनेर यो नियम लागू गरिएको उद्योगमन्त्री नवीन्द्रराज जोशीले बताउनुभयो । मन्त्री जोशीले भन्नुभयो, “मुख्य कुरा उपभोक्ता जागरुक हुनुप¥यो, बोलकबोल गरेर भन्दा नियमले तोकेको मिटर अनुसारको भाडामा सर्वसाधारणले सहज रुपमा ट्याक्सी चढ्न पाऊन् भन्ने हाम्रो उद्देश्य हो ।”

ट्याक्सी सञ्चालकले सरकारको नियम सहजै कार्यान्वयन गर्लान् त भन्ने जिज्ञासामा उहाँले यसमा सरकारका साथै उपभोक्ताको पनि उत्तिकै जिम्मेवारी रहेको विचार व्यक्त गर्नुभयो । ट्याक्सीमा यो प्रणाली लागू भएपछि यसले एकातिर उपभोक्ताले आफू चढेको भाडाअनुसारको बिल पाई पारदर्शी कारोबार हुनेछ भने अर्कातिर कसैको सामान ट्याक्सीमा छुट्यो भने बिलका आधारमा खोज्न सहज हुने छ ।

कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर)बाट आउने बिलमा उपभोक्ता चढ्दा र ओर्लँदाको मिटर नम्बर, तिर्नुपर्ने रकम, ट्याक्सीको नम्बरलगायत वितरण हुनेछ । यो प्रणाली लागू भएपछि मिटरमा बदमासी गर्ने र मिटरअनुसार ट्याक्सी चलाउन आनाकानी गर्ने प्रवृत्ति नियन्त्रण हुने विश्वास लिइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter