• Sunday, June 15, 2025

निकुञ्ज सुरक्षार्थ “अप्रेसन महाहन्ट” अभियान

Chitwan National Parkचितवन, १८ पुस । दुर्लभ वन्यजन्तु चोरी सिकार नियन्त्रण अभियानमा सार्थक बनेको ‘अप्रेसन महाहन्ट’ चितवन राष्ट्रिय निकुञ्जमा सञ्चालन गरिएको छ ।

गतवर्षमा माघ दोस्रो साताबाट मात्र सञ्चालन गरिने महाहन्ट यस वर्ष पुस १५ गतेबाट नै सञ्चालन गरिएको हो । माघ १४ गते दुर्लभ एकसिङ्गे गँैंडा चोरी सिकार शून्य भएको एक हजार दिन पुग्दैछ । सो दिनलाई विशेष उत्सवको रुपमा मनाउन महाहन्ट एक महिना अघिदेखि सुरु गरिएको निकुञ्ज सुरक्षार्थ खटिएको श्री जङग गणका गणपति माधव थापाले बताउनुभयो ।

यसअन्तर्गत विभिन्न गणका सेनाले ६ वटा समूह बनाएर निकुञ्ज गस्ती र बेस क्याम्प खडा गरेका छन् । यही अभियानअन्तर्गत पाँच ठाउँमा स्वास्थ्य शिविर र जनचेतनामूलक कार्यक्रम समेत गरिँदैछ । गणपति थापाका अनुसार ‘दि’ फेमस महेन्द्र दल गण भरतपुर, वरख गण वीरगन्ज, इन्द्रबक्स गण रौतहटबाट एक सयजना सेना र भैरव बहान गुल्मका कुकुर महाहन्टमा प्रयोग भएका छन् । उनीहरुले निकुञ्जका तीन संवेदनशील क्षेत्रमा क्याम्प खडा गरेका छन्, भने तीनवटा समूहमा मोबाइल हन्टिङ गरी गस्ती गरिरहेका छन् ।

सेनाको सुराक सञ्जाल ‘लिमिटरी इन्टलिजेन्ट सपोर्ट’ ग्रुपमा समेत जनशक्ति थप गरी सूचना सञ्जाललाई थप सशक्त बनाइएको थापाले बताउनुभयो । अभियानका क्रममा चितवनको माडी, मेघौली, जगतपुर, पूर्वी चितवन र नवलपरासीको अमलटारीमा स्वास्थ्य शिविरसँगै जनचेतनामूलक कार्यक्रम गरिने थापाले जानकारी दिनुभयो ।

यसबाट निकुञ्ज र जनताका बीचमा सम्बन्ध थप सुधार भई संरक्षणमा टेवा पुग्ने विश्वास गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ खटिने सेनाले विसं २०६७ बाट ‘अप्रेसन हन्ट’ सञ्चालन गर्दै आएकोमा २०७१ बाट भने महाहन्ट सञ्चालन गर्दै आएको छ ।

गणपति थापाका अनुसार विगतको अवस्थालाई हेर्दा मङ्सिर महिनादेखि जेठ मसान्तसम्मको समयमा ८० प्रतिशत चोरी सिकार हुने गरेको पाइएको छ । चैतदेखि जेठसम्म ६० प्रतिशत चोरी सिकारी भएको तथ्याङ्कले देखाएको उहाँले बताउनुभयो । यसैलाई मध्यनगर गरी खोलानाला घटेकोले जनावर पानीको खोजीमा टाढाटाढा जाने र पातपतिङ्गर झरेर जङ्गल सफा भएको समय पारेर चोरी सिकारी हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा थप मजबुद बनाउन महाहन्ट सञ्चालन गरिएको थापाले बताउनुभयो ।

महाहन्ट सञ्चालनअघि पनि निकुञ्ज सुरक्षार्थ दैनिक १५० वटा गस्ती हुँदै आएको छ । जसमा पैदल, साइकल, मोटरसाइकल, गाडी, हात्ती र डुङ्गा गस्ती पर्दछन् । गस्तीमा ५५० जना सेना, निकुञ्ज कर्मचारी र समुदायमा आधारित चोरी सिकारी नियन्त्रण युवा अभियानका प्रतिनिधि परिचालन गरिँदै आएको छ । जसले एक दिनमा एक हजार ५०० किलोमिटर गस्ती गर्ने गरेको थापाले बताउनुभयो ।

‘रियल टाइम पेट्रोल मनिटरिङ’ प्रणालीबाट गस्ती टोलीले गस्ती गरेको ठाउँ र दुरी हेर्न सकिन्छ । यसै प्रणालीअन्तर्गत निकुञ्जका पाँचवटा सेक्टरमा रहेका गुल्मपतिलेसमेत अनुगमन गर्ने गरेको गणपति थापाले बताउनुभयो । निकुञ्जको अमलटारी, बबई, मेघौली, सौराहा र खगेन्द्रमल्लीमा सेनाका गुल्म रहेका छन् ।

निकुञ्जका १० संवेदनशील ठाउँमा सिसी क्यामरासमेत जडान गरी २४ सैँ घन्टा निगरानी गरिँदै आएको छ, भने चारवटा कुकुर परिचालन गरी गस्ती गरिँदै आएको छ । त्यसैगरी निकुञ्जमा रहेका १० वटा ड्रोनमार्फत् पनि निकुञ्जको अनुगमन गरिँदै आएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले पछिल्लो समय समुदायलाई समेत समेटेर महाहन्ट सञ्चालन गर्न लागिएको भन्दै यसले निकुञ्ज र समुदायबीचको सम्बन्ध अझै नजिक हुने बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter