• Sunday, June 15, 2025

साफ च्याम्पियनसिपः नेपाल भारतसँग पराजित

women-football3-550x300काठमाडौँ, १८ पुस । चौथो साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा आज भएको सेमिफाइनल खेलमा नेपालले भारतसँग ३–१ गोल अन्तरको हार व्यहोरेको थियो । जितसँगै भारत फाइनलमा प्रवेश गरेको छ । भारतका जितमा कमलादेवी, इन्दुमती र सस्मिता मलिकले एक एक गोल गरे । खेलको पहिलो हाफको अन्तिम समय ४४ औँ मिनेटमा कमलादेवीले एक गोल गर्दै भारतलाई पहिलो अग्रता दिलाइन् ।

त्यस्तै खेलको दोस्रो हाफमा भारतले दुई गोल थप्यो । नेपाली टोलीको कमजोर रक्षापङ्क्तिको फाइदा उठाउँदै इन्दुमतीले खेलको ५९ औँ मिनेटमा गोल गरी भारतको अग्रता दोब्बर बनाइन् । त्यस्तै भारतकी सस्मिताले खेलको ८४ औँ मिनेटमा थप एक गोल गरेपछि भारतले नेपालमाथि ३–१ को सहज जित हासिल ग¥यो ।

नेपालका स्ट्राइकर सावित्रा भण्डारीले खेलको ७५ औँ मिनेटमा पेनाल्टीमार्फत एक सान्त्वना गोल गरेकी थिइन् । प्रतियोगितामा भारतीय टोलीले नेपाललाई खेल सुरुआतीदेखि नै दबाबमा राखेको थियो ।

प्रतियोगिताको तेस्रो संस्करणसम्म फाइनलसम्म पुगेको नेपाल यस पटक भने सेमिफाइनलबाट नै बाहिरिन पुग्यो । तीनै संस्करणको फाइनल भिडन्तमा नेपाल भारतसँग नै पराजित भएको इतिहास छ । गत वर्ष भएको दक्षिण एसियाली खेलकुद (साग) को फाइनल भिडन्तमा पनि भारत नै बाधक बनेको थियो ।

समूह चरणमा तीन खेल खेलेको नेपालले तीनै खेलमा जित हासिल गर्दै उत्कृष्ट प्रदर्शन गरेको थियो । पहिलो भुटानविरुद्धका खेलमा ८–० ले र दोस्रोमा माल्दिभ्सलाई ९–० गोल अन्तरले पराजित गरेको थियो । तेस्रो खेलमा नेपालले श्रीलङ्का विरुद्धका खेलमा १–० को जित हासिल गरेको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter