• Saturday, May 31, 2025

पुँजीगत खर्च ८० प्रतिशत पु¥याउन निर्देशन

Prachandaकाठमाडौँ, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक वर्षको अन्त्यमा कम्तीमा पनि ८० प्रतिशत पुँजीगत खर्च गर्नेगरी काम गर्न निर्देशन दिनुभएको छ ।

राष्ट्रिय विकास समस्या समाधान समितिको ३८औँ बैठकलाई यहाँ आज सम्बोधन गर्दै उहाँले आव सुरु हुनुभन्दा ४५ दिनअघि बजेट आए पनि पहिलो चौमासिकमा पुँजीगत खर्च पाँच प्रतिशत मात्र हुनु दुःखद भएको बताउनुभयो । “काठमाडौँ–निजगढ द्रुतमार्ग, बूढीगण्डकी जलविद्युत् आयोजना, पश्चिम सेती र हुलाकी राजमार्गलगायत राष्ट्रिय गौरवका आयोजनाको काम सन्तोषजनक छैनन्, यी आयोजनामा कार्यक्षमताका आधारमा करार सम्झौता गरी कार्यसम्पादन हेरेर दण्ड र पुरस्कारको व्यवस्था गरिनुपर्छ”– प्रधानमन्त्रीले भन्नुभयो ।

राष्ट्रिय गौरवका आयोजनाको काम तीव्र गतिमा गर्न र पुँजीगत खर्च बढाउन आफूले अनुगमन सुरु गर्ने बताउँदै उहाँले मन्त्री एवम् सचिवलाई पनि अनुगमन गर्न निर्देश गर्नुभयो । विकासनिर्माणका काममा गुणस्तर कायम हुन नसकेको तर्फ सचेत गराउँदै उहाँले प्राविधिक र स्वास्थ्यका कर्मचारी कम भएको गुनासो सम्बन्धित मन्त्रालयबाट आएकाले केन्द्रभन्दा प्रदेश र स्थानीय तहमा कर्मचारी थप्ने गृहकार्य गर्न निर्देशन दिनुभयो ।

राष्ट्रिय गौरवका आयोजनाको ठोस स्वरुप एक महिनाभित्र बनाएर पेस गर्न निर्देशन दिँदै समितिको अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले ती आयोजनाको कामको गुणस्तरका विषयमा प्राविधिक परीक्षण गर्न सम्बन्धित मन्त्री एवम् सचिवलाई अनुरोध गर्नुभयो ।

बैठकमा मन्त्रीहरुले मन्त्रालयगत विकास निर्माणमा आइपरेका समस्या प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले आव २०७३÷०७४ को प्रथम चौमासिक प्रगति समीक्षा र आइपरेका समस्याका विषयमा जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter