• Monday, June 16, 2025

देख्नेले पनि दृष्टि विहीनको अनुभूति गरेपछि…..

blind-pictureहरि बास्तोला / पोखरा, २० पुस । झट्ट सुन्दा अचम्म पनि लाग्न सक्दछ, विभिन्न कारणले दृष्टि गुमाएकाको दिनचर्या र भोगाइलाई आज पोखराका विभिन्न कार्यालय प्रमुख, प्रतिनिधि एवम् सर्वसाधारणले केही समय भए पनि अनुभूति गरेका छन् ।

विश्व ‘ब्रेल दिवस तथा २०८ औँं लुइब्रेल’ जयन्तीका अवसरमा सामाजिक जागरणका लागि नारी अभियानद्वारा यहाँ आयोजित अँध्यारो यात्राका सहभागीले आँखा छोपेर सेतो छडीको सहारामा हिँडदा त्यस्तो अनुभूति गरेका हुन ।

पोखराको मानवअधिकार चोकबाट सुरु भएको अँध्यारो यात्रा चिप्लेढुङ्गस्थित बीपी चोक परिक्रमा गरेर पुनः सोही चोकमा आइपुग्न लगभग एक घन्टा लागेको थियो भने यात्राका सहभागीले निक्कै अप्ठेरो अनुभूति गरेको दृश्य देखिन्थ्यो ।

सडकमा देखिने सेतो छडी बोकेका दृष्टिविहीनको व्यथालाई आँखा देख्नेको अन्तरआत्माबाट बुभ्mन र सहयोगी भावनाको विकास गर्ने लक्ष्यका साथ कार्यक्रमको आयोजना गरिएको नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवम् कार्यक्रम संयोजक सुष्मा पौडेलले बताउनुभयो ।

उहाँका अनुसार पोखराका सडक, सरकारी तथा गैरसरकारी कार्यालय, यातायातका साधनलगायतका विभिन्न भौतिक संरचना र व्यवहारसमेत अपाङ्गमैत्री हुननसक्दा समाजका शारीरिक एवम् मानसिक अपाङ्गले कष्टकर जीवन जीउन बाध्य रहेका छन् ।

कार्यक्रमका सहभागीले एक हजार रुपैयाँ सहयोग गरेपछि सेतो छडी र आँखा छोप्नेपट्टी प्राप्त गर्ने व्यवस्था गरिएको बताउँदै उहाँ भन्नुहुन्छ–“ कार्यक्रमबाट बचेको ६२ हजार रुपैयाँ नेत्रहीन सङ्घ कास्कीलाई अक्षयकोष स्थापना गर्नका लागि सोही कार्यक्रममा हस्तान्तरण गरिएको छ ।”

सरकारी कार्यालयमा आउँदा दृष्टिविहीनको भोगाई कस्तो हुन्छ भन्ने आफूले पहिलो पटक अनुभूति गर्ने मौका पाएको पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले बताउनुभयो ।

“प्रत्येक सरकारी कार्यालयका कर्मचारीलाई समेत यस्ता कार्यक्रममा सहभागी गराउनु आवश्यक छ,” उहाँले भन्नुभयो ।

सोही कार्यक्रममा कास्की जिल्लाबाट पहिलो प्रवेशिका परीक्षा उत्तीर्ण गर्ने दृष्टिविहीन विद्यार्थी विष्णुमाया विकलाई सम्मान गरिएको थियो । उहाँलाई पाँच हजार नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो ।

दृष्टिविहीनको वास्तविकतालाई समाजमा छर्लङ्ग पार्ने सन्देशमूलक कार्यक्रमलाई मुलुक र संसद समक्ष पु¥याउन पहल गरिने राष्ट्रिय अपाङ्ग महासङ्घका केन्द्रीय सचिवालय सदस्य शिशिर खनालले बताउनुभयो ।

फ्रान्सका लुइब्रेलले प्रतिपादन गरेको ब्रेनलिपी विश्वका दृष्टिविहीनको एउटै भाषा बनेको भए पनि नेपालमा एकदशक अगाडि मात्र भित्रिएको दृष्टिविहीन श्रीकान्त सापकोटाको भनाइ छ ।

नेत्रहीन सङ्घ कास्कीका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार सोही कार्यक्रममा बर–पिपल प्लास्टिक स्टोर्सका सञ्चालक हरिप्रसाद सिलवालले सङ्घलाई रु १० हजार नगद आर्थिक सहयोग गर्नुभएको थियो ।

विश्व ब्रेन दिवसको अवसरमा नेत्रविहीन सङ्घ कास्कीद्वारा आयोजित दृष्टिविहीन अन्तर्गत भएको निबन्ध प्रतियोगितामा अमरसिंह उच्च माविका अञ्जन बस्ताकोटी र सङ्गीता कुँवर तथा जनप्रकाश उच्च माविका सुष्मा तामाङ क्रमश प्रथम, द्धितीय र तृतीय भएका थिए । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter