• Wednesday, June 11, 2025

राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

NHRC Reportकाठमाडौँ, २९ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगको आर्थिक वर्ष २०७२÷०७३ को वार्षिक प्रतिवेदन आज पेस गरिएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबीच आयोगका अध्यक्ष अनुपराज शर्माले सो प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिवेदन ग्रहण गरेपछि राष्ट्रपति भण्डारीले आयोगको प्रतिवेदनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएकोे आयोगका प्रवक्ता मोहना अन्सारीले जानकारी दिनुभयो ।

प्रवक्ता अन्सारीले भन्नुभयो, “राष्ट्रपतिले प्रतिवेदनउपर संसद्मा छलफल गर्नुपर्ने बताउँदै यसो हुनसकेमा मानवअधिकार उल्लङ्घनको घटनामा कमी आउने धारणा राख्नुभयो ।”

यसपटकको प्रतिवेदनमा द्वन्द्वकालदेखिका केही मुद्दा टुङ्ग्याइएको अन्सारीले जानकारी दिनुभयो । मानवअधिकारका उल्लङ्घनमा दोषी देखिएकालाई बढुवा, नियुक्तिलगायत रोक्नुपर्नेमा प्रतिवेदनले जोड दिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter