• Tuesday, June 10, 2025

राजदूतावासद्वारा दुर्गम गाविसलाई एम्बुलेन्स, गाउँले गद्गद्

Ambulance Serviceजुम्ला, १ माघ । यहाँको कालिकाखेतु गाविसस्थित प्राथमिक स्वास्थ्य केन्द्रका लागि भारतीय राजदूतावासले एम्बुलेन्स सहयोग गरेको छ ।

सदरमुकाम जुम्लादेखि ३६ किलोमिटर दूरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा दूतावासले उपहारस्वरुप एम्बुलेन्स सहयोग गरेको हो । कालिकाखेतु गाविसको प्राथमिक स्वास्थ्य केन्द्रले आज एक औपचारिक कार्यक्रम गरी एम्बुलेन्स सेवाको उद्घाटन गरेको हो ।

एम्बुलेन्स सेवाको उद्घाटन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै प्रजिअ पण्डितले भारत सरकारद्वारा सहयोग गरिएको एम्बुलेन्सले सिंजा क्षेत्रसहित आसपासका मुगु र कालीकोट जिल्लाका केही गाविसका जनताको स्वास्थ्यमा आएको खतरामा आपत्कालीन सहयोग पुग्ने बताउनुभयो ।

उहाँले यसको सही व्यवस्थापन तथा परिचालन र प्रयोगमा भने यहाँको व्यवस्थापन समितिलगायत गाविसवासीले उचित ध्यान पु¥याउन सुझाउनुभयो । त्यसका साथै उहाँले विद्युत्बिना अस्पताल सञ्चालन हुन नसक्ने भन्दै स्थानीयस्तरबाट त्यसको पहल गर्नुपर्नेमा जोड दिनुभयो । आफ्नो क्षेत्रबाट पनि सक्दो सहयोग गर्ने उहाँको भनाइ थियो ।

नेपाली काँग्रेस जुम्लाका सभापति तथा कालिकाखेतु निवासी दीपबहादुर शाहीले यहाँका नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी एम्बुलेन्स सहयोग गर्ने भारत सरकारलाई हार्दिक धन्यवाद दिनुभयो ।

सभापति शाहीले ठूलो रोग लाग्दा एम्बुलेन्स सेवा नपाएर यहाँका जनताले मर्नुपर्ने विवशता अब सधैँका लागि टर्ने विश्वास व्यक्त गर्नुभयो । जिल्ला प्रशासन कार्यालयद्वारा भएको प्रत्यक्ष परोक्ष सहयोगका लागि प्रजिअ पण्डितप्रति उहाँले कृतज्ञता व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेस महासमिति सदस्य लंकबहादुर शाहीले यहाँका जनताको स्वास्थ्य अवस्थालाई गम्भीरताका साथ लिई एम्बुलेन्स भित्र्याउन विशेष पहल गर्ने प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुका प्रमुख डा कमलप्रसाद आचार्यलाई धन्यवाद दिनुभयो । एम्बुलेन्स भने गरिब जनतामुखी भएर सञ्चालन हुनुपर्ने सदस्य शाहीको आग्रह थियो ।

केन्द्रका प्रमुख डा आचार्यले एम्बुलेन्स मानव जीवनको रक्षक भएको बताउँदै स्वास्थ्य क्षेत्रमा तत्काल आउने कठिनाइमा यसले ठूलो सहयोग पु¥याउने जनाउनुभयो ।

यो केन्द्रले सिंजाका ११ गाविसमात्र नभई कालीकोटको माथिल्लो र जुम्लासँग जोडिएका र मुगु जिल्लाका केही गाविस लाभान्वित हुनेछन्, उहाँले भन्नुभयो । यसको सेवा प्रवाहबाट यस क्षेत्रका नागरिकको स्वास्थ्य अवस्थामा सुधार आउने उहाँको भनाइ थियो ।

उद्घाटनमा बोल्ने अधिकांश वक्ताले यसको व्यवस्थापन तथा परिचालनमा आउने चुनौतीका विषयमा पनि प्राथमिक स्वास्थ्य केन्द्र र कालिकाखेतु गाविसले जिम्मेवारीसहित स्वामित्व लिनुपर्ने औँल्याएका थिए ।

यता कालिकाखेतु गाविसका स्थानीय महिला ऐना बुढाले आफूले नचिताएको काम भएको बताउँदै आश्चर्य लागेको बताउनुभयो । खासगरी यहाँका सुत्केरी महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई एम्बुलेन्सले सहयोग गर्ने उहाँको बुझाइ थियो ।

छिमेकी गाविस महावैपाथरखोला–९ का शेरबहादुर रोकायाले दुर्गमका जनताको भलाइका लागि एम्बुलेन्स ल्याउन पहल गर्ने र सहयोग गर्ने दुवैलाई धन्यवाद दिनुभयो । गाउँको प्राथमिक स्वास्थ्य केन्द्रमा एम्बुलेन्स पुगेपछि कालिकाखेतु गाविसवासी खुसीले गद्गद् भएका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter