• Wednesday, June 11, 2025

पुनस्थापना नहुँदा मुक्त हलियाको जंगलको बास

Haliya Storyडडेल्धुरा, ६ माघ । स्थानीय अशिग्राम गाविसको भेटा गाउँका १५ घर परिवार मुक्त हलिया साहुबाट मुक्त भएपछि जङ्गलको बास भएका छन् ।

साहुबाट मुक्त भए पनि पुनःस्थापना नगर्दा नहुँदा भेटा गाउँका मुक्त हलिया पाँच वर्षदेखि जङ्गलमा बस्न बाध्य भएका हुन् ।

पाँच वर्षका लागि डडेल्धुरा जिल्ला वन कार्यालयले उपलब्ध गराएको कबुलियती वनमा १५ घर परिवार मुक्त हलिया टहरामा कष्टपूर्ण जीवन जिउन बाध्य भएका छन् । उक्त कार्यालयसँग गरेको सम्झौता अवधि समेत सकिएको अशिग्रामका मुक्त हलिया भोजबहादुर सार्कीले बताए ।

चिसोसँगै ओड्ने बिछ्याउने र लगाउने न्यानो लुगाको अभावमा मुक्त हलियाको जनजीवन झनै कष्टकर बनेको मुक्त हलिया सार्कीको भनाइ छ । चिसो मौसमसँगै न्यानो लुगा नभएपछि आफूहरुलाई रात बिताउन समस्या उनीहरुको गुनसो छ । चिसोका कारण बालबालिका र वृद्धवृद्धा बिरामी परेका छन् ।

साँझ बिहान छाक टार्नका लागि समेत समस्या हुने गरेको मुक्त हलिया लालबहादुर सार्कीले बताए । सुदूरपश्चिम र मध्यपश्चिमका १२ जिल्लामा १९ हजार ५९ मुक्त हलियामध्ये एक हजार ५०० घर परिवारको आफ्नो घर समेत नभएको मुक्त हलिया समाज महासङ्घ डडेल्धुराले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter