• Wednesday, June 11, 2025

ट्राफिक प्रहरीको दुर्घटनारहित होली अभियान; होलीमा उच्छृङ्खल गतिविधि गर्ने दुई सय पक्राउ

Metropolition Police Crime Sectionकाठमाडौँ, २९ फागुन । होली पर्वका बेला काठमाडौँ उपत्यकामा सवारी दुर्घटना हुन नदिने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज बिहानैदेखि सञ्चालन गरेको दुर्घटनारहित होली अभियान प्रभावकारी भएको छ ।

अपराह्न ४ बजेसम्म काठमाडौँ, ललितपुर र भक्तपुरका कुनै सडकमा गम्भीर दुर्घटना भएको छैन भने नाका–नाकामा गरिएको सुरक्षा जाँचले सबै किसिमका सवारी साधनका चालकलाई सचेत गराएको छ ।

अभियानका क्रममा ९३३ जनालाई महाशाखाले कारबाहीको दायरामा ल्याएको, ६७३ जना मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएका र क्षमताभन्दा बढी भार राखेर बाहन हाँक्ने ९६ जनाका कागतपत्र खिचिएको बताएको छ ।

कारबाहीमा परेका अधिकांश दुईपाङ्ग्रे सवारी साधनका चालक रहेका, केहीले सवारी चालक अनुमतिपत्र साथमा नराखेका तथा आवश्यक सुरक्षा उपाय नअपनाई सवारी हाँकेको पाइएको महाशाखाले जनाएको छ ।

साँझ अबेरसम्म अझ सशक्त रुपमा सुरक्षा जाँच गरिने बताउँदै महाशाखाले सबैलाई दुर्घटनारहित ढङ्गले होली मनाउन आग्रह गरेको छ ।

होलीमा उच्छृङ्खल गतिविधि गर्ने दुई सय पक्राउ

महानगरीय प्रहरी परिसरले होलीका अवसरमा उच्छृङ्खल गतिविधि गर्दै हिँड्ने २१३ जनालाई पक्राउ गरेको छ ।

परिसरबाट खटिएको टोलीले आज उपत्यकाका विभिन्न स्थानमा उच्छृङ्खल गर्दै हिँडेका उनीहरुलाई पक्राउ गरिएको परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले जानकारी दिनुभयो । उहाँले घटनाका दोषीको छानविन भइरहेको र दोषीलाई कडाभन्दा कडा कारबाही गरिने बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter