• Saturday, May 24, 2025

नर्कोसी भिडियो सेवा सुरुवात

Narkosiकाठमाडौँ, ११ चैत । अस्ट्रेलिया मा स्थापित सूचना प्रबिधि मा खोज तथा उत्पादन गर्ने सस्था बुनेशा इन्टरनेसनल द्वारा संचालित नर्कोसी डट कमले आफ्नो स्थापनाको दोश्रो वर्ष सुरु हुदा निकै महत्वपूर्ण कामहरु गरेको छ | नेपाली भाषाको अनलाइन पत्रकारिताको प्रबर्दन गर्न यो वर्ष देखि नेपालको प्रेस काउन्सिल संग अनलाइन क्लिपिंग का लागि सहकार्य सुरु भएको छ भने हालै नेपाली भाषाका श्रब्य दृश्य सामग्रीहरु सजिलै हेर्न सकिने प्रबिधि तयार गरिएको छ | यो http://www.narkosi.com/videos लिन्कमा गएर भिडियोहरु हेर्न सकिनेछ । यस अघिनै नेपाली भाषा का रेडियो हरु पनि नार्कोसी डट कम मा सुन्न सकिने ब्यबस्था भैसकेको छ |

बिस्वभरि अहिले करिव एक करोड नेपाली भाषी हरु इन्टरनेट को पहुच मा भएको अनुमान छ | नार्कोसीको पहल ती एक करोड इन्टरनेट का प्रयोगकर्ता नेपाली भाषी लाइ नेपाली भाषा का भिडियो सामग्री हरु सजिलै उपलब्ध गराउनु हो | नार्कोसी डट कम ले गरेको एक तथ्यांक संकलनको क्रममा नेपाली भाषा का तीनसय सत्तरी भन्दा बढी यु ट्युब भिडियो च्यानलहरु छन् | त्यस्तै प्रत्येक २४ घण्टा मा यु ट्युब मा तिनसय भन्दा बढी नेपालि भाषाका भिडियो सामग्रीहरु अपलोड हुने गर्दछन | नार्कोसी डट कम ले आफ्ना उपभोक्ताहरु को सेवा का लागि यु ट्युब मा अपलोड भएको कुनै पनि भिडियो लाइ दस मिनेट भन्दा पनि कम समय मा उपलब्ध गराउने गर्दछ | हालसम्म नार्कोसी डट कम को संग्रहमा साठी हजार भन्दा बढी नेपाली भाषाका भिडियो हरु संकलन भएका छन् |

नार्कोसी डट कम ले नेपाली भाषाका यु ट्युब चानल हरु ले प्रशारण गर्ने कार्यक्रम हरु बिसयगत रुपमा प्रस्तुत गरेकाले दर्शक श्रोताको समय बच्नु का साथै आफ्नो रुची अनुशारका कार्यक्रम छान्न सकिने भयको छ | जस्तै समाचार , अन्तर्वार्ता , कमेडी , खेलकुद , संगीत , फिल्म , प्रेरणादायी भिडियो हरु भनेर छुट्याइएको छ | त्यस्तै समयक्रम अनुशार पनि भिडियो हेर्न मिल्ने भएको ले नेपाली भाषा का अनलाइन भिडियोका दर्शकलाइ यो निकै उपयोगी छ | नार्कोसी डट कमले भिडियो उत्पादक च्यानलहरुलाई उनीहरुका लक्ष्क्षित् श्रोताहरुसम्म सजिलै पुर्याउने व्यवस्था गरेको छ भने श्रोता लाइ रोजेको र खोजेको भिडियो सामग्री प्राप्त गर्ने सुबिधा प्रदान गरेको छ | नेपाली भाषा का श्रब्य दृश्य सामग्री हरुको सम्रक्षन् गर्ने , प्रचार गर्ने र प्रबर्दन गरिने भएका ले यो पछिल्लो प्रबिधि बाट उत्पादक देखि दर्शक सम्म सबै लाइ ठुलो मद्दत पुग्ने हामीले आशा गरेका छौ |

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter