• Monday, June 16, 2025

नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी सम्झौता (टिफा)को तेस्रो बैठक सुरु

flag of Nepal and USकाठमाडौँ, वैशाख ७ गते । नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी सम्झौता (टिफा)को तेस्रो बैठक आज यहाँ सुरु भयो । बैठकको प्रारम्भ गर्दै वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले नेपालको उत्पादनलाई अमेरिकाको बजारमा सहजरुपमा पु¥याउने विषयमा बैठकले महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो ।

नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले नेपालका उत्पदनलाई सहजरुपमा अमेरिकी बजारमा पु¥याउन र त्यसका लागि आफ्नो सरकारले सक्दो सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

नेपाली उत्पादनलाई अमेरिकी बजारमा प्रवद्र्धन एवम् बिक्री अभिवृद्धि गर्ने उद्देश्यले नेपाल र अमेरिकाबीच विसं २०६८ मा टिफा सम्झौता भएको थियो ।

नेपालमा अमेरिकी लगानी आकर्षित गर्न तथा नेपाली वस्तु र सेवाको व्यापार विस्तारमा सघाउन उक्त सम्झौता भएको हो ।

दुईदिने उक्त बैठकमा गलैँचा, हस्तकलाका सामग्री, पश्मिना तथा छालाजन्य नेपाली उत्पादनको अमेरिकामा बजार विस्तारमा जोड दिनुका साथै पारस्पारिक व्यापार अभिवृद्धि तथा लगानीबारे छलफल हुने बताइएको छ ।

बैठकमा वाणिज्य, अर्थ, परराष्ट्र, कानुन, न्याय तथा संसदीय मामिला र उद्योग मन्त्रालयका साथै नेपाल राष्ट्र बैंक, नेपाल लगानी बोर्ड, गुणस्तर तथा नापतौल विभाग र खाद्य प्रविधि अनुसन्धान विभागका उच्च अधिकारी एवम् नेपाल–अमेरिका उद्योग वाणिज्य सङ्घका पदाधिकारी सहभागी छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter