• Friday, June 13, 2025

सन् २०१७ भित्र दुई जोडी गैँडा चीन पठाइने

Rhino imageचितवन, वैशाख ७ गते । चितवन राष्ट्रिय निकुञ्जबाट सन् २०१७ मा दुई जोडी गैँडा चीन पठाइने भएको छ ।

सो कार्यका लागि दुवै देशका कर्मचारी तहमा हालै मात्र हस्ताक्षर भइसकेको छ । राष्ट्रिय निकुञ्ज विभागका उपमहानिर्देशक गोपाल भट्टराईका अनुसार गँंैडा पठाउनु अघि मन्त्री तहमा पनि सम्झौता गरिने छ ।

अन्य निकुञ्जमा गैँडाको सङ्ख्या कम भएकाले चितवन राष्ट्रिय निकुञ्जबाटै दुई जोडी गैँडा पठाइने उहाँले बताउनुभयो । हालैमात्र चीन पुगेर नेपालका तर्फबाट गैँडा दिने सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएका भट्टराईका अनुसार अध्ययन अनुसन्धानका लागि ती गैँडा चीनले प्रयोगमा ल्याउने भएको छ । सोझै गैँडा पठाउन नमिल्ने हुँदा धेरै प्रक्रिया पूरा गर्नुपर्ने भएकाले समय लाग्ने उहाँले जानकारी दिनुभयो । साइटिस, क्वारेन्टाइनलगायतका नियम कानुन पूरा गरेर मात्र वन्यजन्तु ओसारपसार गर्न सकिन्छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार १० वर्षमुनिका अर्धवयस्क गैँडा पठाइने र तिनलाई नियन्त्रणमा लिएपछि केही समय खुल्ला खोरमा राखेर मात्र पठाइने छ ।स्वस्थ्य परीक्षण गरेर पठाइने ती गैँडाको रहनसहनबारे चिनियाँ टोलीलाई जानकारी गराएर मात्र पठाइने उहाँले बताउनुभयो ।

नेपालबाट लगिने गैँडामध्ये एक जोडीलाई सङ्घाइ सफारी पार्कमा र अर्को जोडीलाई गोन्जाउको अनुसन्धान केन्द्रमा राखिँदै छ । यसअघिनै चीनमा भारतबाट एकसिङ्गे एउटा गैँडा लगिएको थियो । चीनमा अफ्रिकाबाट लगिएका दुई सिङ्गे गैँडा भने प्रसस्त रहेको प्रमुख संरक्षण अधिकृत कँडेलले जानकारी दिनुभयो ।

यसअघि चितवन राष्ट्रिय निकुञ्जबाट भारत, जापान, जर्मन, बेलायत, क्यानडालगायतका देशमा गैँडा पठाइ सकिएको छ । सन् १९८६ बाट हालसम्म यसै निकुञ्जबाट नेपालकै बर्दियामा ९१ वटा र शुक्लाफाँटामा नौ वटा गैँडा पठाइ सकिएको छ । पछिल्लो तथ्याङ्कअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६०५ वटा गैँडा रहेका थिए । त्यसपछि आठ वटा बर्दिया र पाँचवटा शुक्लाफाँटामा गैँडा लगिएको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter