• Sunday, June 08, 2025

पशुपतिस्थित वृद्धाश्रम गोठाटारमा स्थानान्तरण गरिँदै

elderly people Nepalसरोज आचार्य / काठमाडौँ, वैशाख ८ गते । पशुपतिस्थित वृद्धाश्रम गोठाटारमा स्थानान्तरण गरिँदैछ । संस्कृति मन्त्रालयले वृद्धाश्रम भवनको नक्सा तयार गरेको छ । पशुपति क्षेत्र विकास कोषले उपलव्ध गराएको गोठाटारको दश रोपनी जग्गामा वृद्धाश्रम भवन बन्नेछ ।

हाल पशुपति स्थित पञ्चदेवलमा रहेको वृद्धाश्रममा १९० ज्येष्ठ नागरिक आश्रित छन् । गोठाटारमा पाँचसय वृद्धवृद्धालाई राख्न सकिने क्षमताका साथ भवनको डिजाइन गरिएको छ ।

पशुपतिस्थित वृद्धाश्रमका प्रशासकीय अधिकृत कृष्ण कँडेलका अनुसार नक्सा पास भइसकेको छ । तत्कालीन राजा सुरेन्द«विक्रम शाहले पञ्चदेवल स्थापना गरी यहाँ गरिव गुरुवाका लागि निःशुल्क पाकशाला सञ्चालन गरेका थिए ।

केही समयपछि यो पाकशाला अनाथ वृद्धवृद्धाको आश्रय स्थलमा परिणत भएको थियो । तत्कालीन समयमा बनाइएको पञ्चदेवल वरिपरिको चौघेरा सत्तल भूकम्पले क्षतिग्रस्त भएपछि आश्रित वृद्धवृद्धालाई निकै असुविधा भइरहेको अनुभव गरिएको छ । भवन कै कारण भर्ना हुन चाहने वृद्धवृद्धालाई वृद्धाश्रमले भर्ना गर्न सकिरहेको छैन ।

आकर्षक बगैँचा, इच्छा अनुसारको धार्मिक गतिविधि, उचित सरसफाइ र मनोरम वातावरणको खाका नक्सामा छ । वृद्धाश्रम सरेपछि खाली हुन आउने पञ्चदेवल क्षेत्रलाई विश्व सम्पदा क्षेत्रको भावना र मर्म अनुरुप पुनःनिर्माण गरिँदैछ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter