• Friday, May 23, 2025

छाता ओढेर नमुना मतदान, एक सय दुई मत खस्यो, १० मत बदर;  एउटै पदमा सासूबुहारीको प्रतिस्पर्धा

 

Electionकाठमाडौँ, जेठ १९ गते । शुक्रबार दिउँसो १२ बजे । स्थानीय र सुरक्षाकर्मी मतदान स्थल बनाउँदै थिए । निर्वाचन कार्यालयका कर्मचारी निर्वाचन साम्रागी व्यवस्थापनमै व्यस्त । धुमिलो आकाश । धेरै जनाले आकाशतिर हेरेर विभिन्न अड्कलबाजी गर्दै थिए । आज पक्कै पानी पर्छ । नभन्दै केहिबेरमै पानी पर्न थाल्यो । खुल्ला चौरमा मतदान केन्द्र भएकाले पानीले समस्या नै बनायो । । पानी झन दर्कियो । सुरक्षाकर्मी मतपेटीका र निर्वाचन सामग्री बोकेर ओत खोज्दै दौडिए । ‘यो पनि सिकाई हो, अहिले केहि भएन चुनाव त मध्ये बर्खामा हो,’नमुना मतदान गर्न गएका मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासेनीले भने,‘ पानी नरोकिए असारमा समस्या हुने भो ।’ उनले मध्ये असार भएकाले पानी नै पर्छ भन्ने मान्यताका साथ तयारी अवस्थामा रहनुपर्ने बताए ।

खुल्ला चौरमा मतदान केन्द्र भएकाले प्रक्रिया शुरु हुनासाथ पानी परेको थियो । पछि अर्खबाङ्ग स्वास्थ्यचौकीमा नमुना मतदान गरिएको थियो । नमुना मतदान गर्न आएकी अर्खाबाङ्गकी लक्ष्मी भटराईले सरकारले निर्वाचन सारेर असारमा लैजाँदा कस्तो हुन्छ भन्ने आजको दिनले सिकाएको बताइन् ।

निर्वाचन कार्यालय गुल्मीले बदर मत कम गर्न नमुना जिल्लाको विकट गाउँ अर्खाबाङ्गमा नमुना मतदान गरेको छ । अत्यन्तै विकट र मतदानकेन्द्रको लागि उच्च जोखिममा रहेको मालिका गाउँपालिकाको अर्खबाङ्गमा मतदान केन्द्रमा पुगेर नमुना मतदान गरिएको हो । नमुना मतदानमा एक सय दुई मतदाता सहभागी भएका थिए । खसेको मत मध्ये ९ मत आंशिक र एक मत पुर्णरुपमा बदर भएको छ । गत मंगलबार सत्यवति गाउँपालिकाको हँसरामा पनि नमुना मतदान भएको थियो । ९६ मतदाता मतदानमा सहभागी भएका थिए । खसेको मत मध्ये ७ मत आंशिक बदर भएको थिए ।

एउटै पदमा सासूबुहारीको प्रतिस्पर्धा

आसन्न दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा इलामको सन्दकपुर गाउँपालिका– १ मा एउटै पदका लागि सासूबुहारीको जुहारी चलेको छ ।

यस गाउँपालिकामा दलित महिला कोटामा नेकपा (एमाले) बाट सासू दिलमाया विक र नेकपा (माओवादी केन्द्र)बाट बुहारी सीता विक चुनावी प्रतिस्पर्धामा छन् । दुबैले आ–आफ्नो जित्ने दाबीका साथ मत माग्न गाउँ निस्किएका छन् ।

अहिले बुहारी चुनाव प्रचारपसारमा हिँडिरहेकी छिन् । ‘एउटै घरमा तीन÷चारवटा राजनीतिक दलमा त उम्मेदवार बनेका छन्, यहाँ हामी पनि सासू बुहारीनै दलित महिला कोटामा दुई फरक राजनीतिक दलबाट उम्मेदवार बनेका छौँं,’ सीताले भन्नुभयो ।

एउटै पदमा एकै परिवारबाट दुई फरक दलबाट उम्मेदवारी परे पनि हामीबीच कुनै घरायसी समस्या नभएको दिलमाया बताउनुहुन्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter