• Tuesday, June 10, 2025

पुगेन बीमा किसानसम्म

Vegetable farmingबाबुराम शर्मा / चरिकोट, जेठ २० गते । दोलखाको भीमेश्वर–३ का रमेश थापा पाँच वर्षदेखि दुई रोपनीभन्दा बढी जग्गामा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । तरकारी खेतीलाई मुख्य आयस्रोत बनाउनुभएका थापाको बाली बीमा गर्ने इच्छा पूरा हुन सकेको छैन । बाली बीमा गरेमा असिना, खडेरी, रोग कीराले सताउँदा क्षतिपूर्ति पाउने सुनेको छु, जानकारी नहुँदा बीमा गरेको छैन, उहाँले भन्नुभयो ।

भीमेश्वर नगरपालिकाकै राउत गाउँमा दुई दशकदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका शेरबहादुर राउतलाई बालीको बीमा हुन्छ भन्ने जानकारी छैन । मौसमी र बेमौसमी तरकारी खेतीलाई आम्दानीको प्रमुख स्रोत बनाउनुभएका राउतले बाली बीमाको प्रक्रिया र फाइदाबारे जानकारी नभएको बताउनुभयो ।

नगरकै वडा नम्बर ७ का शेरबहादुर तामाङले कृषि बीमाको महìव बुझेर बीमा गर्न चाहे पनि सो सुविधा पाउनुभएको छैन । बीमा कम्पनीको कार्यालयमा जाँदा प्रतिनिधि भेटिदैनन्, खेतबारीमा आउँदैनन्, सहज नहुँदा कृषि बीमा कार्यक्रमबाट कृषकले सुविधा पाउन सकेका छैनन्, उहाँले भन्नुभयो ।

जिल्लामा तीन वर्षअघि लागू भएको कृषि बीमा कार्यक्रम प्रभावकारी बन्न सकेको छैन । बीमा कम्पनीको बेवास्ता, बीमा प्रतिनिधिको निष्क्रियता र कृषक नै बीमाका बारेमा बेखबर हुनु र सम्बन्धित निकायबीच समन्वयको कमीका कारण बीमा कार्यक्रममा लक्षित वर्गको पहुँच पुग्न सकेको छैन । ग्रामीण क्षेत्रका अधिकांश कृषक बीमा गर्ने र क्षतिपूर्ति पाउने प्रक्रियाका बारेमा थाहा पाउन नसकेको बताउँछन् ।

जिल्लामा कृषि बीमा कार्यक्रम सञ्चालन गर्न सरकारले २०७१ मा प्रिमियर बीमा र एनबी बीमा कम्पनीलाई जिम्मेवारी दिएको थियो । सम्झौता गरेको एक वर्षपछि २०७२ सालमा कार्यालय स्थापना गरेको कम्पनीले अपेक्षाकृत सेवा दिन नसकेको कृषक र सम्बद्ध कार्यालयको गुनासो छ ।

प्रिमियरका प्रतिनिधि कल्याण भण्डारीले लागत मूल्याङ्कन तोकिएकाले कृषिमा बीमा गर्न गाह्रो भएको बताउनुभयो भने एनबीका दीपक दाहालले कृषिमा विभिन्न भन्झटिला प्रक्रिया भएकाले बीमा गर्न अप्ठयारो परेको बताउनुभयो ।

अहिलेसम्म अलैँची खेतीमा हालको वैत्यश्वर गाउँपालिका मिर्गेका राजकुमार तामाङले मात्र दुई लाख रुपियाँ बराबरको नगदे बालीको बीमा गर्नुभएको छ । परल मूल्यमा बीमा हुने भएकाले १३ करोड २७ लाख ९६ हजार रुपियाँमा पशुमा छ हजार १६ पशु बीमा भएका छन् । पक्षीमा कृषक आकर्षित देखिए पनि कम्पनीले बीमा नगरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

सरकारबाट प्रिमियम शुल्कमा ७५ प्रतिशत अनुदान पाई कृषक जागरुक र आकर्षित भए पनि अन्य जिल्लाको तुलनामा यहाँ कृषि बीमा अपेक्षाकृत रूपमा अघि बढ्न नसकेको पशु चिकित्सक गोविन्द मिश्रले बताउनुभयो ।

कृषि बीमाका बारेमा कार्यालयले आयोजना गर्ने तालिम, गोष्ठी, भेटघाटमार्फत कृषकलाई जानकारी गराइँदैआएको छ । खाद्यान्न, फलफूल र तरकारी बाली तथा पशुपक्षीको बीमा गर्नका लागि सरकारले प्रिमियम शुल्कमा कृषकलाई ७५ प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ ।

बीमा गरेको बाली र पशुपक्षीको क्षति भएको अवस्थामा कृषकले ९० प्रतिशत दाबी भुक्तानी पाउने व्यवस्था छ । कृषि बीमा निश्चित अवधिका लागि हुने गर्छ । खेतीबालीको हकमा बाली लगाउनेदेखि नभिœयाउँदासम्म र पशुचौपायाको एक वर्षसम्मको बीमा हुने गर्छ । बैङ्क तथा वित्तीय संस्थाले कर्जा लगानी गर्न बीमा गरेको फार्म खोज्न थालेका छन् । अब कृषकको घरदैलोमा पुग्ने तयारी गरेको बीमा कम्पनीका प्रतिनिधि बताउँछन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter