• Sunday, June 08, 2025

मकै, गहुँ छाडेर जडीबुटी खेती

menthaनेपालगञ्ज, जेठ २२ गते । राम्रो उत्पादन र आम्दानी हुन थालेपछि बाँकेको शम्सेरगञ्ज, महादेवपुरी र चिसापानीका किसान जडीबुटी खेतीतर्फ आकर्षित भएका छन् । गहुँ र मकै लगाउँदा खान नपुग्ने जग्गामा सुगन्धित तेल उत्पादन गर्ने जडीबुटी लगाएर गाउंँका किसानले राम्रो आम्दानी गरेका छन् । चारवर्ष वर्षयता बाँकेका केही गाउँका जग्गामा मकै र गहुँको खेतीभन्दा जडीबुटी बढी देख्न पाइन्छ । शम्सेरगञ्जमा पाँच वर्षअघि तीन जनाले सुरु गरेको यो खेती अहिले सय जनाभन्दा बढी किसानले सुरु गरेका छन् । गहुंँको सिजनमा यहाँ क्यामोमाइलको खेती देख्न पाइन्छ भने मकैको सिजनमा मेन्था खेती फस्टाउँछ ।

मकै, गहुँलाई मिहिनेत बढी चाहिने तर जडीबुटीका लागि थोरै मेहनतमा बढी मुनाफा पाइने भएपछि यतैतिर लाग्यौँ, शम्सेरगञ्जका किसान सेतुराम चलाउनेले भन्नुभयोे, अहिले जडीबुटीले गाउँलेको जीवनस्तरमा परिवर्तनसमेत ल्याएको छ ।
जङ्गलको बीचमा रहेको शम्सेरगञ्जको बालापुरमा जताततै क्यामोमाइलकै खेती गरिएको देख्न सकिन्छ । धनियाजस्तो बोट देखिने क्यामोमाइलले एक सिजनमा तीन पटकसम्म आम्दानी दिन्छ ।

प्रतिलिटर ३५ हजार रुपियाँ पर्ने क्यामोमाइल र मेन्थाको तेल बेचेर राम्रो आम्दानी हुने भएपछि मकै र गहुँ विस्थापित हुन थालेको हो । २५० घरधुरी रहेको बालापुरमा अहिले ५० बढी परिवारले क्यामोमाइल खेती गरेका छन् । १८ बिघा जमिनमा लगाइएको क्यामोमाइलले ती परिवारको आर्थिक स्थिति सुधारेको छ । गहुँले भन्दा तीन गुना बढी आम्दानी क्यामोमाइलले हुने भएकाले गहुँ लगाएका किसानले पनि यो लगाउन थालेको बालापुरका तप्त खत्रीले बताउनुभयो ।
जङ्गलमा हुने लेमनग्रास, सिट्रोनेला, असारे, युकालिप्टस् जस्ता घाँसबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने जानेका गाउँलेले त्यसको सदुपयोग गर्ने गरेका छन् ।

भारतमा तालिम लिएर आएपछि यस्तो जुक्ति जानेका शमसेरगञ्जका ११ सामुदायिक वन उपभोक्ता समिति मिलेर १६ लाख रुपियाँमा तेल प्रशोधन गर्ने मेसिनसमेत जडान गरेका छन् । यहाँबाट उत्पादित तेल काठमाडौँ, नेपालगञ्ज, कृष्णनगर र वीरगञ्जका ठूला व्यापारीले विदेश पठाउने गरेका छन् । गाउँ र जङ्गलमा उत्पादन हुने जडीबुटी बेच्न बजार खोज्दै हिँड्नुपर्ने नभएकाले पनि गाउँले यो खेतीतर्फ आकर्षित भएका हुन् । तेल प्रशोधन गर्ने मेसिनसमेत ल्याएर व्यावसायिक रूपमा जडीबुटीतर्फ लागेका यहाँका किसानको सिको गर्दै बाँकेका अन्यत्र गाउँमा समेत यो खेती फस्टाएको छ ।

जडीबुटीकै खेतीबाट बाँके चिसापानीका महिला आत्मनिर्भर बनेका छन् । चिसापानीका विपन्न महिलाको जीवनस्तर उकास्न जङ्गलको घाँस मुख्य माध्यम बनेको छ । सामुदायिक वनमा लगाइएको लेमनग्रास बेचेर चिसापानीका महिलाको जीवनस्तरमा राम्रै परिवर्तन ल्याइदिएको छ ।

घाँस दाउरा गर्न जाने जङ्गलबाटै राम्रो आम्दानी लिन सिकेका उनीहरूले यो बिक्री गरेरै बालबच्चाको पढाइ खर्च र घरखर्च चलाउन थालेका छन् । श्रीमान् विदेश गएका छन् आवश्यक परेको बेलामा एक पैसा कसैले सघाउंँदैन तर लेमनग्रास रोप्न थालेपछि कसैसँग हात थाप्न परेको छैन, चिसापानीकी कोकिला चौधरीले भन्नुभयो, अरू महिलालाई अप्ठेरो प¥यो भने गर्जो टार्ने गरेका छौँ ।

घाँसको व्यापार गर्न गाउँभरिका महिला समूहमा आबद्ध भएका छन् । सामूहिक कामले उनीहरूको क्षमता विकासमा पनि सहयोग पु¥याएको छ । २० जनाको यो समूहले जङ्गललाई २० भागमा बाँडेको छ । उनीहरूले आफ्नो भागमा परेको जमिनमा लेमनग्रास रोपेर नजिकैको प्रशोधन केन्द्रमा लैजाने गरेका छन् । लेमनग्रास सुगन्धित तेल, परफ्युम, लेमन फ्लेवर र हर्वल चियाका लागि प्रयोग हुने गर्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter