• Thursday, June 12, 2025

मुस्ताङका २० किसानलाई मोबाइल उपहार

Mobile appमुस्ताङ, जेठ ३१ गते । कृषि विकास मन्त्रालयले मुस्ताङका २० जना किसानलाई मोबाइल उपहार प्रदान गरेको छ । कृषि क्षेत्रलाई आधुनिक बनाउँदै लैजाने सरकारी नीतिअनुरुप छनौट गरेका २० जना किसानलाई हालै सिमकार्डसहित सामसुङ जे फाइभ मोबाइल वितरण गरिएको हो ।

किसानले मोबाइलको प्रयोगबाट ‘हाम्रो कृषि’ मोबाइल एप्लिकेसन डाउनलोड गरी मौसमसम्बन्धी जानकारी, कषि, प्रविधि, जिल्ला कृषि तथा पशुसेवा कार्यालयका सम्पर्क नम्बरहरु, कृषि तथा पशु बीमालगायत कृषिसँग सम्बन्धित सबै जानकारी प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ ।

जिल्ला कृषि विकास कार्यालय मुस्ताङ र पशु सेवा कार्यालयले छनौट गरेका जिल्लाका २० जना अगुवा किसानलाई मोबाइल उपहार दिइएको मन्त्रालयका कृषि मौसमविज्ञ समी कुँवरले जानकारी दिनुभयो । “१२ कृषि र आठ पशु सेवा कार्यालयबाट छानिनुभएका किसानलाई मोबाइल दिएका हौँ । यसबाट किसानले आवश्यक जानकारी प्राप्त गर्न सक्नेछन्”, उहाँले भन्नुभयो ।

जिल्ला कृषि विकास कार्यालय मुस्ताङकी वरिष्ठ कृषि विकास अधिकृत सावित्री बरालले किसानलाई मोबाइलसँगै २० थान थर्मोमिटर हस्तान्तरण गरिएको बताउनुभयो । “यहाँ मौसम छिनभरमै परिवर्तन भइरहन्छ, यस्ता प्रविधिले किसानलाई ठूलो सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter