• Sunday, June 08, 2025

वायु ऊर्जातिर लगानीकर्ता आकर्षित

solar-wind energyकाठमाडौँ, असार ३ गते । व्यावसायिक रुपमा वायु ऊर्जा उत्पादनका लागि लगानीकर्ताले चासो देखाउन थालेका छन् ।

जलविद्युत् आयोजना निर्माणका लागि लामो समय लाग्ने र लगानी पनि धेरै हुने भएकाले वायु ऊर्जाका क्षेत्रमा लगानीकर्ता आर्कषित हुन थालेका हुन् । पछिल्ला दिनमा विद्युत् विकास विभागमा विभिन्न चार कम्पनीले वायु ऊर्जा उत्पादनका लागि अभिरुचि देखाएका छन् ।

ऊर्जा मन्त्रालयअन्र्तगत विद्युत् विकास विभागमा पछिल्लो दिनमा मुलुकका विभिन्न चार स्थानमा कुल १० मेगावाट क्षमताको वायु ऊर्जा उत्पादनको सर्वेक्षणका लागि निवेदन दिएका छन् । तीमध्ये मुस्ताङमा मात्रै दुईवटा कम्पनीले सर्वेक्षणको लागि आवेदन दिएका छन् ।

कागबेनी वाइन्ड पावर परियोजनाका लागि मुस्ताङको कागबेनीमा पाँच मेगावाटको वायु ऊर्जा प्रणाली जडान सम्बन्धी अध्ययन एवम् सर्वेक्षणका लागि आवेदन दिएको छ । यस्तै एभरेस्ट वाइन्ड इनर्जीले कागबेनीमा नै एक मेगावाटको वायु ऊर्जा प्रणाली जडानका लागि सर्वेक्षण गर्ने अनुमतिका लागि आवेदन दिएको छ ।

त्यस्तै नवलपरासीको रत्नपुरमा तीन मेगावाट क्षमताको परियोजना अगाडि बढाउने लक्ष्यका साथ वायु ऊर्जा प्रालिले आवेदन दिएको विभागका वरिष्ठ डिभिजनल इन्जिनियर (सिडिइ) बाबुराम अधिकारीले जानकारी दिनुभयो ।

गत जेठ १८ गते बसेको लगानी बोर्डको बैठकले समेत मुलुकभरको वायु प्रवाहको अवस्था एवम् हावाबाट बिजुली निकाल्ने सन्दर्भमा डेनमार्कको एक कम्पनीलाई अध्ययन गर्ने स्वीकृति दिएको थियो । डेनमार्कको कम्पनीले उसकै खर्चमा एक वर्षभित्र सम्भाव्यता अध्ययन गर्न गरेको मागका आधारमा बोर्डले स्वीकृति दिएको प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले मुलुकका विभिन्न दशस्थानमा वायु ऊर्जाका लागि उपयुक्त स्थानको रुपमा घोषणा गरेको छ । केन्द्रले ओखलढुङ्गा, नगरकोट, रुपन्देही, कागबेनी, थिनी मुस्ताङ, बतासेडाँडा पाल्पा, रामेछाप, फाखेल मकवानपुर, नेटा प्यूठानमा गरेको अध्ययन तथा वायुको अवस्थाका बारेमा लगानीकर्तालाई जानकारी गराएको छ ।

पछिल्लो पटक जुम्लामा ५०० किलोवाट क्षमताको वायु ऊर्जा प्रणालीको जडान कार्य सुरु भइसकेको जुम्लाका पूर्व सभासद् एवम् नेकपा(माओवादी केन्द्र)का नेता नरेश भण्डारीले बताउनुभयो ।

नवलपरासीको धौवाडी र मकवानपुरमा यसअघि नै वायु ऊर्जा प्रणाली जडान भएर सञ्चालनमा आइसकेको छ । प्रविधिमा आएको विकास एवम् विस्तारका कारण पछिल्लो दिनमा वायु ऊर्जाको क्षेत्रमा लगानीकर्ता क्रमशः आर्कषित हुन थालेको एभरेस्ट वाइन्ड इनर्जीका प्रमुख डिल्लीराज पोखरेल बताउनुहुन्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter