• Wednesday, June 11, 2025

‘एप्स’बाटै गर्नुहोस् मोबाइल सेवाको गुनासो

Mobile appकाठमाडौँ, असार ३ गते । टेलिकम कम्पनीलाई बारम्बार मोबाइल सेवासम्बन्धी गुनासो गरेर पनि सम्बोधन भएको छैन भने तपाईंका लागि खुसीको खबर छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो पटक प्रयोगकर्ताको दूरसञ्चारसम्बन्धी गुनासो समाधान गर्ने प्रयास अघि बढाएको छ । दूरसञ्चार कम्पनीले उपलब्ध गराइरहेको सेवा चित्त नबुझेको अवस्थामा प्रयोगकर्ताले अब सीधै नियामकलाई गुनासो गर्न पाउने भएका हुन् । यसका लागि प्राधिकरणले छुट्टै मोबाइल एप्स सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको ‘एनटीए क्युओएस सर्भे’ एप्समार्फत प्राधिकरणले सर्वसाधारणको समस्या बुझ्ने प्रयास गरेको हो ।

प्रारम्भिक परीक्षणको उद्देश्यसहित सार्वजनिक गरिएको यो एप्समा सेवाग्राहीले सम्बन्धित टेलिकम कम्पनीका विषयमा आफ्ना गुनासा राख्न सक्ने सुविधा उपलब्ध छ । गुनासोका लागि सेवाग्राहीले एप्समा आफ्नो नाम, इमेल ठेगाना, फोन नम्बर र ठेगाना उपलब्ध गराउनुपर्नेछ । यसपछि टेलिकम कम्पनीसँग सम्बन्धित गुनासो एप्सबाटै राख्न सक्ने व्यवस्था गरिएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिनुभयो । सेवाग्राहीलाई गुनासो व्यक्त गर्न सहज होस् भन्ने उद्देश्यसहित एप्समा प्रश्न उत्तरको व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

एप्समा प्राप्त गुनासो अध्ययन गरेर प्राधिकरणले सम्बन्धित कम्पनीलाई सेवा सुधारका लागि निर्देशन दिने अर्यालले बताउनुभयो । निर्देशन पालना नभए सेवा प्रदायकलाई कारबाही हुन्छ, उहाँले भन्नुभयो । नेटवर्क नटिप्ने, कुराकानी गर्दैगर्दा काटिने, बिलिङमा समस्या हुने, आवाज नबुझिनेजस्ता सेवाग्राहीको गुनासोका आधारमा प्राधिकरणले हालै मात्र दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी मापदण्ड पनि सार्वजनिक गरिसकेको छ । मापदण्डविपरीत सेवा प्रदायकले सेवा उपलब्ध गराएमा क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने व्यवस्था पनि यसमा गरिएको छ । साउन एक गतेदेखि लागू हुने उक्त मापदण्डको पूर्ण कार्यान्वयनको तयारी स्वरूप प्राधिकरणले एप्सबाट गुनासो बुझ्ने प्रयास गरेको हो । एप्समार्फत प्राप्त गुनासोको पालना भए नभएको विषयमा पनि प्राधिकरणले अनुगमन गर्ने उहाँले बताउनुभयो । गुनासोका आधारमा तत्काल त्यसको समाधान गर्न सेवा प्रदायकलाई निर्देशन हुन्छ, उहाँले भन्नुभयो, यसको कार्यान्वयनको अवस्था बुझ्न अनुगमन पनि हुन्छ । यसअघि दूरसञ्चारको गुणस्तरको विषयमा नियामक प्राधिकरणसमक्ष गुनासो गर्ने औपचारिक प्रक्रियाका विषयमा प्रयोगकर्ता आफै अलमलमा थिए । प्राधिकरणकै अनुसार सेवासम्बन्धी गुनासोको विषयमा सेवाग्राहीबाट निकै कम मात्र प्रत्यक्ष सोधपुछ हुन्थ्यो । सिम्पली सफ्ट टेक्नोलोजीले निर्माण गरेको यो एप्स हाल एण्ड्रोइड अपरेटिङ सिस्टममा मात्र उपलब्ध छ । प्राधिकरणले आवश्यक ठानेमा यसलाई आइफोन प्रयोगकर्तालाई पनि उपलब्ध गराइने निर्माण कम्पनीले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter