• Tuesday, June 10, 2025

मौद्रिक नीतिबारे निजी क्षेत्रसँग सुझाव सङ्कलन

Nepal Rastra Bankकाठमाडौँ, असार ५ गते । नेपाल राष्ट्र बैंंकले आगामी दिनमा मूल्य स्थिरता, उच्च आर्थिक वृद्धिदर र खुला बजारलाई प्रतिस्पर्धी बनाउन निजी क्षेत्रका उद्योगी तथा व्यवसायीसँग सुझाव सङ्कलन गरेको छ ।

व्यवस्थापिका–संसद्मा आव २०७४÷०७५ को बजेट पेस भएको २० दिनपछि आज राष्ट्र बैंकले नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, बिमा समिति, बैंकर्स एसोसिएसनलगायत निजी क्षेत्रका विभिन्न संस्थाको उपस्थितिमा सुझाव सङ्कलन गरेको हो । सामान्यतया बजेट पेस भएको ३० दिनपछि राष्ट्र बैंकले आगामी आवका लागि मौद्रिक नीति सार्वजनिक गर्छ । राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीति मुलुकको समग्र आर्थिक नीतिको दस्तावेज हो ।

कार्यक्रममा उद्योग वाणिज्य महासङ्घ, उद्योग परिसङ्घ, चेम्बर, बैंकर्स सङ्घ, विकास बैंक, नेपाल विप्रेषण सङ्घ, नेपाल आर्थिक सङ्घ, ऊर्जा सङ्घ, विदेशी मुद्रा सटही सङ्घ, निक्षेप तथा कर्जा संरक्षण कोषलगायतमा संलग्न प्रतिनिधिले सरकारको ढुकुटीमा रहेको रकम परिचालन गर्नुपर्ने, व्याज दरमा कमी गर्नुपर्ने, विदेशी मुद्रा सटहीलाई सरल बनाउनुपर्ने, सुन आयातको जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने, रुग्ण उद्योग र कृषि क्षेत्रलाई सरल¬–सुलभ ढङ्गले कर्जा प्रवाह गर्नुपर्ने, घर कर्जामा लगानी दर वृद्धि गर्नुपर्नेलगायत विषयलाई मौद्रिक नीतिमा समेट्नुपर्ने सुझाव दिनुभयो ।
राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले निजी उद्योगी तथा व्यवसायीका सुझावलाई कार्यान्वयन गरी अगाडि बढ्ने बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter