• Friday, June 13, 2025

७३ प्रतिशत मतदान; उत्साह रुपमा निर्वाचन सम्पन्न भएकामा प्रमद्वारा धन्यवाद

Electionकाठमाडौँ, असोज २ गते । स्थानीय तहको तेस्रो चरणमा आज प्रदेश नं २ मा भएको निर्वाचनमा ७३ प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले ७३ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभयो । प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले ७३ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभयो ।

उत्साह रुपमा निर्वाचन सम्पन्न भएकामा प्रमद्वारा धन्यवाद

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको अन्तिम चरणको निर्वाचन उत्साहपूर्वक सम्पन्न भएकामा सबैलाई धन्यवाद दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले आज एक विज्ञप्तिमार्फत लोकतन्त्रको सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रूपमा सम्पन्न गर्न सहयोग पु¥याउने सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको हो ।

नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको संघीय शासन प्रणालीको व्यवस्था गरेबमोजिम जनताले दैनिक रूपमा देख्ने र अनुभव गर्न सक्ने स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन गत वैशाख ३१ र असार १४ गते सम्पन्न भइसकेको छ ।

प्रधानमन्त्री देउवाले तेस्रो चरणको निर्वाचन आज असोज २ गते प्रदेश नं २ अन्तर्गत आठ जिल्लाका सबै स्थानीय तहमा उत्साहपूर्वक रूपमा सम्पन्न भएको उल्लेख गर्नुभएको छ ।

“पहिलो पटक नेपालको संविधानले नेपालको सार्वभौम अधिकार नेपाली जनतामा निहित गरेको छ । लोकतन्त्रमा जनताले मूलतः आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्ने भनेको निर्वाचनका माध्यमबाट नै हो”, विज्ञप्तिमा उल्लेख छ ।

आगामी मंसिरमा हुने प्रादेशिक र संघीय तहको निर्वाचन तोकिएको समयमै स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरकारको प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री देउवाले तीनै तहको निर्वाचन सम्पन्न भइसकेपछि देश राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने विश्वास व्यक्त गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter