• Thursday, June 12, 2025

बैतडीमा जनता आवास कार्यक्रम विस्तार हुने

Integrated Settlementबैतडी, असोज १९ गते । बैतडीका साविकका थप छवटा गाविसमा जनता आवास कार्यक्रम विस्तार हुने भएको छ ।

साविकका पञ्चेश्वर, कोटपेटरा, रौलेश्वर, गिरेगडा, मठैराज र गुरुखोला गाविसमा जनता आवास कार्यक्रम विस्तार हुने शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बैतडीका प्रमुख प्रवीण शाहले बताउनुभयो ।

यसअघि जिल्लाका साविकका १५ वटा गाविसमा कार्यक्रम सञ्चालनमा रहेको र ती ठाउँमा पनि कार्यक्रमले निरन्तरता पाउने शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “जनता आवास समन्वय समितिको बैठकले छ ठाउँमा कार्यक्रम विस्तार गर्ने निर्णय गरेको छ ।”

जनता आवास कार्यक्रम सञ्चालन भएका ठाउँमा अतिविपन्न, गरिब तथा असहाय दलित समुदायका परिवारको घर निर्माण गरिने छ ।

जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माणका लागि सम्बन्धित व्यक्तिको नाममा जग्गा भने अनिवार्य रुपमा हुनुपर्नेछ । घर जीर्ण भएका, घर नै नभएका, परिवार संख्या ठूलो भएका नागरिकलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने कार्यालय प्रमुख शाहले जानकारी दिनुभयो ।

जनता आवास कार्यक्रमअन्तर्गत कार्यक्रम सञ्चालन गर्नका लागि सूचना प्रकाशन गरेर आवदेन आह्वान गरिने छ ।

जनता आवास कार्यक्रम थप पाँच गाविसमा सञ्चालन हुने भएपछि त्यस ठाउँमा अतिविपन्न, गरिब तथा असहाय दलित समुदायलाई सजिलो हुने विश्वास गरिएको छ । योसँगै बैतडीमा साविकका २१ गाविसमा जनता आवास कार्यक्रम सञ्चालन हुने भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter