• Sunday, June 15, 2025

सारसको मुख्य प्रजनन केन्द्र बन्दै कपिलवस्तु

Saras Birdकपिलवस्तु, असोज २८ गते । सबैभन्दा बढी सारस पाइने जिल्लाका रूपमा परिचित कपिलवस्तु पछिल्लो समय सारसको मुख्य प्रजनन केन्द्र बन्न थालेको छ । विश्वमै लोपोन्मुखको सूचीमा परेको दुर्लभ पक्षी सारसले यहाँ आफ्नो प्रजनन केन्द्र बनाउन थालेको हो ।

पछिल्लो तथ्याङ्कअनुसार नेपालमा रहेका ४०० मध्ये कपिलवस्तु, रुपन्देही र नवलपरासीमा मात्रै २५० भन्दा बढी सारस भएको बताइन्छ । त्यसकारण पनि यो जिल्ला सारसको मुख्य प्रजननको केन्द्र बन्दै गएको हो । जिल्लाको विश्व सीमसार क्षेत्रमा सूचीकृत जगदीशपुर ताल छेउछाउमा केही वर्षयता सारस आउने क्रम बढ्दै गएको स्थानीयवासीको भनाइ छ ।

आहार विहार पाइने र सुरक्षित महसुस गरेपछि सारसको संख्या बढेको उनीहरुकोे भनाइ छ ।

उड्न सक्ने चरामध्ये सबैभन्दा अग्लो सारस अहिले कपिलवस्तुका विभिन्न स्थानमा अण्डा पार्ने र बच्चा कोरल्न व्यस्त देखिएका छन् । विशेषगरी सारसले असोज र कात्तिक महिनामा अण्डा पार्ने र बच्चा कोरल्ने गर्छन् ।

कपिलवस्तुको कुदान क्षेत्रमा सारसले अण्डा दिएका छन् भने गोटिहवा क्षेत्र नजिक सारसले आफ्ना बच्चा चराउँदै हिँडेको देखिन्छ । त्यस्तै यशोधरा गाउँपालिकाको सिहोखोर, गोटिहवाको पोखरी, निग्लिहवाको नहरका पूर्व धानखेतलगायतका स्थानमा ओथारो बसेका छन् ।

सामान्य खतराबाट जोगिन चारैतिर पानी रहेको पोखरीको बीचमा झारपात राखेर उँचो बनाई सारस ओथारो बसेका छन् । सारस ओथारो बसेको ३१ देखि ३४ दिनभित्रमा बच्चा जन्माउने चराविद् डा हेमसागर बरालले जानकारी दिनुभयो ।

सारस बस्ने ठाउँ वरिपरि सर्पले टोक्ने डर नहुने र बालीलाई नोक्सान पु¥याउने शंखेलगायतका किरालाई खाने हुँदा बाली सप्रन सहयोग पुग्ने भएकाले समेत यसलाई किसानको सारथीका रुपमा लिने गरिन्छ । सारस बस्ने ठाउँ शुभ मानिने हुँदा बालीनाली धेरै फल्ने जनविश्वास छ ।

करिब १० किलोसम्म तौल हुने सारस दुर्लभ चरा भएकाले नै वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षण गरेका नौ वटा पक्षी प्रजातिमध्ये एक हो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter