• Thursday, June 12, 2025

समानुपातिक तर्फ ५२ दलले प्रतिस्पर्धा गर्ने

Election Commissionकाठमाडौँ, असोज २९ गते । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक प्रणाली तर्फ ५२ वटा दलले प्रतिस्पर्धा गर्ने भएका छन् ।

समानुपातिक तर्फको निर्वाचनमा सहभागि हुन ८८ वटा दलले दर्ता गराएपनि उम्मेदवारको बन्दसूची बुझाउने दिन आज ३४ वटा दल भने अनुपस्थित रहे । निर्वाचन आयोगले वन्दसुची बुझाउने समय विहान १० देखि साँझ ५ बजेसम्म तोके पनि सो समय भित्र धरौटी बापतको शुल्क बुझाउँदै फारम लिएका दलले बन्दसूची बुझाउने क्रम अहिले पनि जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

५२ वटा दलले मात्र निर्वाचनका लागि दस्तुर बुझाएका हुन् । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा नेपाल, संघीय समाजवादी फोरम नेपाल, राप्रपा प्रजातान्त्रिक, राप्रपा, फोरम लोकतान्त्रिक लगायत दलले बन्दसूची बुझाउन आवश्यक प्रक्रिया पुरा गरेका छन् । नेता बर्षमान पुनको नेतृत्वमा माओवादी केन्द्रले बन्दसूची बुझाएपनि कांग्रेस र एमाले नेताहरु भने निर्वाचन कार्यालयमै नामावलीलाई अन्तिम रुप दिने गृहकार्यमा छन् । दलहरुको सुस्तताका कारण बन्दसूची बुझाउने क्रम अवेरसम्म चल्ने आयोग प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । प्रमुख दलहरु बन्दसूचीलाई अन्तिम रुप दिन दिनभर छलफलमा ब्यस्त भएपछि अवेरमात्र निर्वाचन कार्यालय पुगेकाले सूची बुझाउन समय लाग्ने ढकालको भनाई छ । समानुपातिक तर्फ प्रतिनिधिसभामा १ सय १० र ७ वटा प्रदेशसभाका लागि २ सय २० जना सदस्य चुनिनेछन् । प्रतिनिधिसभा निर्वाचनका लागि बढीमा १ सय १० जना र कम्तीमा ११ जनाको नाम बुझाउनु पर्ने आयोगले जनाएको छ । ५० प्रतिशत महिला अनिवार्य गरिएको निर्देशिकामा जनसंख्याको आधारमा खसआर्य ३१ दशमलब २, आदिवासीजनजाती २८ दशमलब ७, मधेशी १५ दशमलब ३, दलित १३ दशमलब ८, थारु ६ दशमलब ६ र मुस्लिम ४ दशमलब ४ प्रतिशत हुनु पर्ने व्यवस्था छ ।

राजनीतिक दलले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै बन्दसूची आयोगको कार्यालयमा बुझाउनु पर्नेछ । प्रदेशसभाको हकमा प्रदेशपिच्छे छुट्टाछुट्टै बन्दसूची हुनुपर्नेछ । प्रवक्ता ढकालले प्रतिनिधिसभा र ७ वटै प्रदेशसभाका लागि समानुपातिक तर्फको बन्दसूची बुझ्न आयोगमा छुट्टै डेस्क स्थापना गरेको जानकारी दिनुभयो । समानुपातिक तर्फको बन्दसूचीमा परेका व्यक्ति प्रत्यक्ष तर्फ उम्मेदवार हुन पाउने छैनन् । प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मिति आगामी मंसिर १० र २१ गते गरी दुई चरणमा तोकिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter