• Thursday, June 12, 2025

तिहारमा साँढे सात करोड बराबरको माला व्यापार

mala-and-fulलक्ष्मण दर्नाल / काठमाडौँ, असोज २९ गते । तिहारमा सात करोड ५० लाख रुपियाँ बराबरको फूलको मालाको कारोबार हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले तिहारका लागि १५ लाखवटा फूलका माला खरिद गरेको छ । प्रतिमाला ३० रुपियाँमा खरिद गरिएको माला प्रतिमाला ५० रुपियाँका दरले बिक्री गर्ने एसोसिएसनले जनाएको छ । जसको मूल्य सात करोड ५० लाख रुपियाँ हुन आउँछ ।

१५ लाख मालामध्ये सयपत्रीको माला ११ लाख, मखमलीको तीन लाख, गोदावरी, गुलाफलगायत अन्य फूलको माला एक लाखप्रति हुने फ्लोरिकल्चर एसोसिएसन नेपालका उपाध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । सयपत्रीको ११ लाख मालामध्ये तीन लाखवटा भारतबाट आयात गरिएको छ भने बाँकी आठ लाखवटा सयपत्रीको माला नेपालमै उत्पादन गरिने छ । मखमली, गोदावरी र गुलाफको माला नेपालमै उत्पादन हुने एसोसिएसनले जनाएको छ । सयपत्री फूलमा नेपाल आत्मनिर्भर नभए पनि मखमली र गोदावरी फूलमा आत्मनिर्भर रहेको एसोसिएसनले जनाएको छ । सात करोड ५० लाख रुपियाँ बराबरको मालाको व्यावसायिक कारोबार हुनेछ तर घरमै फूल उत्पादन गर्ने र टोलछिमेकबाटै काम चलाउनेको संख्या पनि ठूलो रहेको तथा गाउँघरमा फूल उत्पादनको मौसम भएकाले सहरमा बढी कारोबार हुने व्यवसायीहरूको भनाइ छ । फ्लोरिकल्चर एसोसिएसनका उपाध्यक्ष तिमिल्सिनाले भन्नुभयो ‘१५ लाख मालामध्ये तीन लाखवटा सयपत्रीको माला भारतबाट आयात भएको छ अरू सबै नेपालमै उत्पादन गर्छौं । ’

तिहारका अवसरमा तीन करोड ६५ लाख रुपियाँ बराबरको फूल तथा माला नेपालबाट बाहिरिने एसोसिएसनले जनाएको छ । उपाध्यक्ष तिमिल्सिना भन्नुहुन्छ ‘तिहारका अवसरमा विदेशमा बस्ने नेपालीले पनि नेपालबाटै फूल तथा मालाहरू मगाउँछन् जसको मूल्य तीन करोड ६५ लाख रुपियाँ बराबरको हुन आउँछ । ’

फ्लोरिकल्चर एसोसिएसन नेपालले तिहारबाहेक वर्षमा एक अर्ब ७१ करोड बराबरको फूलको कारोबार गर्दै आएको छ । त्यस्तै तिहारबाहेक वार्षिक सरदर १० करोड रुपियाँ बराबरको फूल, फूलको बीउबिजन र कृषि औजारलगायतका सामग्री भारतबाट आयात गरिँदै आएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter