• Sunday, June 15, 2025

नेपालद्वारा हङकङ पराजित

Nepal Cricketकाठमाडौँ, मङ्सिर २६ गते । थाइल्याण्डमा जारी एसिसी १६ वर्षमुनि (यु–१६) इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ ।

थाइल्याण्डस्थित टेर्डथाई क्रिकेट क्लबमा ८३ रनको लक्ष्य पाएको नेपालले २४.१ ओभरमा छ विकेट गुमाएर लक्ष्य भेट्टायो । त्यसअघि टस जितेर ब्याटिङ गरेको हङकङले निर्धारित ३५ ओभरमा नौ विकेट गुमाएर ८२ रन बनायो । जितसँगै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ ।

नेपालका लागि तृपराज दासले सवाधिक २७ रनको योगदान दिए । यस्तै राजन मगरले १७ तथा विशाल विक्रम केसींले ११ रन जोडे भने सुनिल भण्डारी ११ रनमा अविजित रहे । हङकङका नसरुल्ला रानाले तीन विकेट लिए ।

हङकङका लागि आयन शरद सेट्टीले सर्वाधिक २४ रन जोडे । कलहान चल्लुले १६ तथा आरुस भगवतले १२ रन बनाए । बलिङतर्फ नेपालका प्रतिस जिसीले तीन, अजयकुमार लोनियाले दुई तथा नारायण जोशी र निखिलकुमार सिंहले एक÷एक विकेट लिए । नेपालले समूह चरणको अन्तिम खेलमा मंसिर २८ गते म्यानमारको सामना गर्नेछ ।

यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले आयोजक थाइल्याण्डलाई १३३ रनको अन्तरले पराजित गरेको थियो । आठ राष्ट्र सम्मिलित उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक थाइल्याण्ड, हङकङ र म्यानमार छन् भने समूह ‘बी’ मा मलेसिया, भुटान, चीन र सिंगापुर छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्ने छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter