नयाँ प्रविधिबाट नेपाली कागज

paperबागलुङ, पुस ११ गते । उद्यमीले घरेलु प्रविधिको सट्टा आधुनिक यन्त्र प्रयोग गरेर नेपाली हाते कागज उत्पादन गर्न थालेका छन् । जिल्लाको पहिचान भनेर चिनिने नेपाली हाते कागजलाई आधुनिकीकरण गरिएको हो । ताराखोला गाउँपालिका–५ मा यन्त्रको प्रयोगबाट कागज बनाउन प्रयोग हुने लोक्ता प्रशोधन र उत्पादन हुने गरेको छ । यसअघि जंगलबाट ल्याएको लोक्तालाई काठको मुङ्ग्रोले थिचेर कागज निकाल्ने गरिएको थियो ।

परम्परागत प्रविधिबाट दैनिक एक सय थान कागज उत्पादन हुने गरेकामा यन्त्रको प्रयोगले दैनिक ४०० थान कागज उत्पादन हुने गरेको छ । जुल्फे सामुदायिक लोक्ता प्रशोधन तथा नेपाली कागज उत्पादन समूहका अनुसार आधुनिक प्रविधिको प्रयोगले उत्पादनको मात्रा र गुणस्तर बढेको छ । समूहमा आबद्धमा छजना उद्यमीले अहिले नियमितरुपमा कागज उत्पादन गरिरहेको सो समूहका अध्यक्ष खिमलाल कँडेलले बताउनुभयो ।

केही समयअघि भक्तपुर हस्तकला केन्द्रले गाउँमै पुगेर २१ जना स्थानीयवासीलाई हाते कागज उत्पादनसम्बन्धी सीप प्रदान गरेको थियो । “उत्पादन बढेसँगै बजार मागमा पनि वृद्धि भएको छ”, उहाँले भन्नुभयो, “यान्त्रिकीकरणले नेपाली कागज लोप हुनबाट जोगिएको छ ।”

दुई दशक अघिदेखि उद्यमीले घरेलु प्रविधि अपनाएर हाते कागज उत्पादन गर्दै आएका थिए । कागजसँगै बजारलाई लक्ष्य गरी यसबाट बन्ने विभिन्न सामग्री उत्पादन गरी बिक्री गर्ने गरिएको छ । किसानले जंगलमा गएर ल्याएको लोक्ता प्रशोधन गरी कागज बनाउने गरिएको उद्यमी थिरमती घर्तीले बताउनुभयो ।

नेपाली कागजको उत्पादन र प्रवद्र्धनलाई सघाउन बहु सरोकारवाला वन कार्यक्रमले उद्यमीलाई एक थान लोक्ता प्रशोधन गर्ने यन्त्र उपलब्ध गराएको छ । यस्तै, बागलुङ उद्योग वाणिज्य संघले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत एक थान कागज काट्ने आधुनिक यन्त्र उपलब्ध गराएको छ । संघले नेपाली कागजको उत्पादन र बजारीकरणमा टेवा पु¥याउन विभिन्न प्रवद्र्धनात्मक काम गरिरहेको छ । आधुनिक यन्त्रले झण्झट हट्नाका साथै काममा सहजता आएको उद्यमीहरु बताउँछन् ।

फुर्सदको समयमा लोक्ता संकलनका लागि जंगल जाने किसान पनि उत्पादनको माग बढेपछि खुशी छन् । स्थानीय किसानले संकलन गरेको लोक्ता प्रतिकिलो रु ४०० मा समूहले खरिद गर्ने गरेको छ । नेपाली कागज उत्पादनका लागि थप जनशक्ति आवश्यक रहेको छ । ताराखोलामा उत्पादित कागज प्रतिग्राम रु एकमा बिक्री हुने गरेको समूहका कोषाध्यक्ष घर्तीले जानकारी दिनुभयो । थोरै मात्रा स्थानीयस्तरमै कागज खपत हुने गरे पनि अधिकांश कागज भक्तपुर हस्तकलाले खरिद गर्ने गरेको छ ।

नेपाली कागजलाई अझ व्यावसायिक बनाउन आवश्यक रहेको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघको ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रमअन्तर्गत बागलुङमा नेपाली कागजको प्रवद्र्धन भइरहेको उहाँको भनाइ छ । जंगलमा त्यसै खेर जाने लोक्ताको संकलन, उत्पादन र बजारीकरणलाई व्यवस्थित गर्न सके स्थानीयवासीले पर्याप्त लाभ लिन सक्ने देखिन्छ । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter