• Friday, June 13, 2025

अंग्रेजी नयाँ वर्षमा बेगनास ताल घुम्न आउने पर्यटकको स्वागत

pokhara-touristपोखरा, पुस १७ गते ।अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरा लेखनाथ महानगरपालिका–३१ स्थित बेगनास ताल घुम्न आउने पर्यटकलाई स्वागत गरिएको छ ।

बेगनास युवा क्लबले बेगनास ताल घुम्न आउने छजना विदेशी पर्यटकलाई आज स्वागत गरेको हो ।

वडा नं ३१ का वडाध्यक्ष कमलबहादुर थापाले पर्यटकलाई माला, खादा तथा अबिर लगाएर स्वागत गर्दै बेगनास क्षेत्रको पर्यटन प्रवद्र्धनमा क्लबले सराहनीय काम गरेको बताउनुभयो ।

क्लबका अध्यक्ष रामबहादुर रानाभाटको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य अधिकारी र कोइरालाको बधाई स्वागत

यसैबीच क्लबले प्रतिनिधिसभा कास्की जिल्ला निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद खगराज अधिकारी र प्रदेश क्षेत्र नं १ (क) नम्बरका सांसद दीपक कोइरालाई बधाई एवं स्वागत गरेको छ ।

त्यस अवसरमा सांसदद्वय अधिकारी र कोइरालाले बेगनास क्षेत्रको विकासका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter