• Thursday, June 12, 2025

मन्त्रालयद्वारा बैतडी अस्पतालको अनुगमन

Health Ministryबैतडी, पुस १८ गते । स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखाको टोलीले जिल्ला अस्पताल बैतडीको अनुगमन गरेको छ । अस्पातलले प्रदान गर्ने न्यूनतम सेवा कसरी प्रदान भइरहेका छन् भन्ने विषयमा टोलीले सोमबार अनुगमन गरेको हो । अनुगमनका क्रममा जिल्ला अस्पतालमा न्यूनतम मापदण्डअनुसार सेवा प्राप्त भइरहेको भएपनि केही समन्वयात्मक समस्या देखिएको स्वास्थ्य मन्त्रालयका प्रतिनिधि डा अविरल बाराकोटीले बताउनुभयो ।

जिल्ला अस्पातलको ५० श्ययाको अस्पताल निर्माण कार्य जारी रहेकाले पनि स्वास्थ्य सेवामा केही असर परेको र स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउनुपर्ने अनुगमनका लागि बैतडी पुगेका क्षेत्रीय स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत रमेश मलासीले बताउनुभयो ।

जिल्ला अस्पताल बैतडीले गुणस्तरीय रुपमा स्वास्थ्य सेवा प्रदान गरे नगरेको बारेमा टोलीले अनुगमन गरेको हो । अनुगमनका क्रममा अस्पतालमा देखिएका समस्याका बारेमा सम्बन्धित सबैको ध्यानाकर्षण गराएको टोलीले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter