• Saturday, May 24, 2025

बिरूवाबाटै आम्दानी

Banana Storyनवलपरासी, पुस १९ गते । नवलपरासीका किसानले केराका बिरुवा बिक्रीबाट लाखौँ आम्दानी गर्न सफल भएका छन् । नवलपरासी प्रतापपुर गाउँपालिका विभिन्न वडाका किसानले चालू आर्थिक वर्षमै केराको बिरुवाबाट राम्रो आम्दानी गरेका हुन् । गाउँपालिकाको वडा नम्बर ६ गुठीप्रसौनीका उत्रिचन राजभर, जगन्नाथ झा र चन्द्रभान कुशुवाहले केराका बिरुवाको व्यापारबाट करिब २१ लाख रुपियाँभन्दा माथि कमाउन सफल भएको बताउनुभयो ।

चालू आवको पहिलो पाँच महिनामा मात्रै राजभरले टिस्सुकल्चर विधिबाट उत्पादन गरिएका केराका बिरुवाको व्यापार गरेर सात लाख रुपियाँ खुद बचत गरेको जानकारी दिनुभयो । यसैगरी झा र कुशुवाहले पनि राजभरकै हाराहारीमा आम्दानी गर्न सफल भएको जानकारी बताउनुभयो ।

नवलपरासीमा केरा खेतीमा कहलिएका यस क्षेत्रका किसानले विगत तीन वर्षदेखि टिस्सुकल्चर प्रविधिबाट उत्पादन गरिएका केराका बिरुवाको व्यापार गरिरहेका छन् ।

पहिलो वर्ष थोरै सङ्ख्यामा केराका बिरुवा व्यापार सुरु गरेका यी किसानले क्रमशः केरा बिरुवाको व्यापार बढाउँदै यस वर्ष ५० लाखसम्म केराका बिरुवाको व्यापार गरेको किसानहरू बताउँछन् । भारतको बैङ्गलोरमा मात्र यो प्रविधिबाट केराका बिरुवा उत्पादन गरिने र अन्य स्थानमा यस प्रकारको प्रविधि नरहेकाले बैङ्गलोर दुई इञ्चसम्मका बिरुवा ल्याएर स्थानीय नर्सरीमा पाँच इञ्चसम्मको बनाएर बिक्री गरिने गरेको किसानहरू बताउँछन् । बैङ्गलोरबाट ल्याएको करिब एक महिनामा बिक्रीका लागि तयार हुने उनीहरूले जानकारी दिए ।

पारम्परिक तरिकाबाट उत्पादन गरेका बिरुवाभन्दा टिस्सुकल्चर प्रविधिबाट उत्पादन गरेको केरामा प्रतिरोधक क्षमता बढी हुने, रोग कम लाग्ने, १३ महिनामै फल तयार हुने, सानो आकारको रूख हुने भएकाले हावाहुरीबाट कम ढल्नेलगायतका विशेषता हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter