• Friday, June 13, 2025

राष्ट्रियसभापछि समानुपातिकको रिजल्ट : अायाेग

Election Commissionपुष्प ढुंगाना काठमाडौं, १९ पुस । निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभई प्रतिनिधिसभातर्फको समानुपातिक निर्वाचन परिणाम सार्वजनिक नगर्ने प्रष्ट पारेको छ । आयोगले विज्ञप्ति निकालेर परिणाम सार्वजनिक गर्न आयोग आफैँ आतुर हुँदा हुँदै पनि संवैधानिक र कानुनी अड्चनका कारण परिणाम सार्वजनिक गर्न नसकिने जनाएको हो ।

आयोगले संविधानको धारा ८४ को (६) र प्रतिनिधिसभा सदस्य ऐन २०७४ को दफा ६० (४) अनुसार राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभई प्रतिनिधि सभाको समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट तोक्न र दलहरूलाई बन्द सूचीमा रहेका उम्मेदवारहरुमध्ये विजयी हुने उम्मेदवारहरुको नामहरु सिफारिस गर्न आयोग असमर्थ रहेको प्रष्ट पारेको हो ।

आयोगले विज्ञप्ती निकालेर संवैधानिक बाध्यताको ख्यालै नगरि केही दलले आयोगको मानर्मदन हुने गरी अराजक गतिविधि सञ्चालन गरेकोमा आपत्ती समेत जनाएको छ । प्रवक्ता द्धारा जारी विज्ञप्तीमा आयोगले संविधान र कानुनले तोकेको विधि एवं प्रक्रियालाई नजरअन्दाज गरी उत्तेजना फैलाउन तथा संवैधानिक आयोगको मानमर्दन हुने गरी आयोगलाई लाञ्छना लगाउने क्रियाकलाप नगर्न÷नगराउन सम्वन्धित पक्षसँग आग्रह समेत गरेको छ ।

राष्ट्रिय सभा निर्वाचनको तयारी तिव्र

आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि तयारी तिव्र पारेको जनाएको छ । राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश प्रमाणीकरण भएपछि राष्ट्रियसभा सदस्य निर्वाचन तयारीलाई आयोगले तीव्र बनाएको आयोगले जनाएको छ । आयोगले सरकारलाई चाँडै राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गर्न समेत अपील गरेको छ ।

चाँडै प्रदेश प्रमुख

यसैगरि आयोगले छिटोभन्दा छिटो प्रदेश प्रमुखहरूको नियुक्ति गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रदेशसभाको समानुपातिकतर्फको सिट बाँडफाँड गरी दलहरूले प्राप्त गरेको सिट तोक्ने कार्य सम्पन्न भइसकेको भन्दै आयोगले चाँडै प्रदेशसभाको निर्वाचन परिणाम सहितको प्रतिवेदन घोषणा गर्न लागेको बताएको छ ।

प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ मा निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र प्रदेश प्रमुखसमक्ष प्रतिवेदन बुझाउनु पर्ने व्यवस्था रहेको भन्दै आयोगले सरकारलाई त्यस्तो आग्रह गरेको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter