• Tuesday, June 10, 2025

करिब दुई मेट्रिक टन फोहर व्यवस्थापन

Garbageकाठमाडौँ, २४ गते । काठमाडौँको चाबहिलस्थित चारुमती बुद्ध विहारमा सरसफाइ गरी करिब दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

भैरवनाथ गणका प्रमुख सेनानी हरिप्रसाद घिमिरेको नेतृत्वमा आएको सैनिक टोलीले ‘नवौँ राष्ट्रिय ज्ञानमाला सम्मेलन’ को तयारीका लागि विहार परिसरका साथै त्यस आसपास क्षेत्रमा सफाइ गरेका हो । सेनालाई विहारका भिक्षु, स्थानीयवासीलगायतले आवश्यक सहयोग जुटाएका थिए ।

नेपाल राष्ट्रिय ज्ञानमाला समिति र चारुमती बुद्धिष्ट मिसनको संयुक्त आयोजनामा भएको सो सफाइ अभियानपछि विहारमा रङरोगन गरी सिंगारिएको छ । उक्त स्थानमा सर्वसाधारणलाई अब फोहर नगर्न विहारले आग्रह गर्दै स्थानीय बौद्ध संघ संस्थाका प्रतिनिधिको सहभागितामा बुद्धपूजा पनि सम्पन्न भएको छ ।

विहारका प्रमुख भिक्षु तपस्सी धम्मका अनुसार करिब दुई हजार ३०० वर्ष अगाडि सम्राट अशोकको छोरीले निर्माण गरेको चारुमती चैत्यको केही वर्ष अगाडि सामान्य मर्मत तथा जीर्णोद्धार गरिएको थियो ।

ऐतिहासिक सम्पदास्थलका रुपमा रहेको उक्त विहार क्षेत्रमा गर्न लागिएको सम्मेलनले बौद्ध साहित्यको प्रवद्र्धनमा सहयोग पु¥याउने विश्वास लिएको भिक्षु धम्मले व्यक्त गर्नुभयो । यही पुस २७ देखि २९ गतेसम्म उक्त स्थानमा सम्मेलन हुँदैछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter