• Wednesday, June 11, 2025

विदेशबाट फर्केर व्यावसायिक गाईपालन ; मासिक एक लाख आम्दानी

cow-shedपाल्पा,पुस २७ गते । तानसेन नगरपालिकाको बौघापोखराथोक चिनारीका एक युवाले विदेशबाट फर्केर व्यावसायिक रुपमा गाईपालन गर्न थालेका छन् ।

गाईपालनबाट यहाँका रनबहादुर रेश्मीले मासिक रु एक लाखसम्म आम्दानी गर्दैआएका छन् । रेश्मीले अहिले गोठमा ३२ ओटा गाई पाल्नुभएको छ । अन्य पेशा व्यवसायभन्दा सजिलो र दैनिक आम्दानी लिन सकिने भएपछि उहाँ गाईपालन व्यवसायमा सक्रिय हुनुहुन्छ ।

वैदेशिक रोजगारबाट फर्केर उहाँले तीनओटा गाईबाट व्यवसाय शुरु गर्नुभएको हो । विदेशबाट फर्केर गाईपालन गर्नेमा अर्गली बौघापोखराथोक, मदनपोखरा, रामपुरलगायत क्षेत्रका युवा बढी रहेका छन् ।

मलेसिया, साउदी अरब, कतार लगायतका देशबाट फर्केर यहाँका युवा गाईपालन तथा तरकारी खेतीमा लागेका छन् । सदरमुकाम तानसेनदेखि नजिकै रहेको उक्त बस्तीका बासिन्दा तरकारी, दूध तथा स्थानीय उत्पादनले बजार पाउने भएपछि व्यावसायिक रुपमा पशुपालन र कृषि उत्पादनमा केन्द्रित बनेका हुन् ।

स्थानीय बासिन्दा मानु रेश्मी १२ वटा गाईबाट दैनिक १२० लिटर दूध बिक्री गर्न सफल हुनुभएको छ । घरपरिवारसँग बसेर नै गाईपालनबाट आम्दानी गर्न सकिने भएपछि विदेश जान नपर्ने उहाँले बताउनुभयो । सहकारीमार्फत दैनिक ५०० लिटरभन्दा बढी दूध सदरमुकाममा बिक्री गरिँदै आएको छ ।

गाईपालन व्यवसायबाट स्थानीय युवा मासिक रु ५० हजारदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर्न सफल भएका छन् । पर्याप्त आम्दानी लिन थालेपछि गाईपालन व्यवसायमा युवाको आकर्षण बढेको हो । विदेशबाट फर्केका युवाले सामूहिक रुपमा गाईपालन र तरकारी खेती गर्न थालेका छन् ।

विसं २०६७ मा वैदेशिक रोजगारीबाट फर्केका यहाँका १० जना युवा गाईपालनमा जुटेका छन् । विसं २०७० मा चिनारी दुग्ध उत्पादन सहकारी संस्था स्थापना गरी विदेशबाट फर्केका युवाले गाईपालन, दूध संकलन, बजार व्यवस्थापन, ऋणको व्यवस्थालगायत काम गर्दै आएका सहकारीका अध्यक्षय टीकाराम रेश्मीले बताउनुभयो । सहकारीमा ६५ घरपरिवार आवद्ध रहेकामा २७ परिवारले व्यावसायिक गाईपालनबाट मनग्य आम्दानी गर्दैआएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter