• Wednesday, June 11, 2025

सरकारी बैंकले उत्कृष्ट सेवा दिनुपर्ने : अर्थ राज्यमन्त्री राणा

Udaya-Samser-Ranaकाठमाडौँ, पुस २८ गते । अर्थ राज्यमन्त्री उदयशम्शेर राणाले सरकारी बैंकले उत्कृष्ट सेवा सुविधा दिन सक्छ भन्ने सन्देश आमजनतामाझ पु¥याउन सक्नुपर्ने बताउनुभएको छ ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड केन्द्रीय समितिद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले नयाँ नयाँ प्रविधिको विकाससँगै सरकारी बंैकलाई पनि सोहीअनुरुप व्यवस्थापन गर्दै लगेमा मात्र अन्य निजी बैंकहरुसँग प्रतिस्पर्धा गर्न सक्ने भनाइ व्यक्त गर्नुभयो ।

राज्यमन्त्री राणाले बंैकका ग्राहकलाई कसरी खुशी बनाउन सकिन्छ त्यसतर्फ सम्बन्धित निकायले सोच्नुपर्ने भन्दै काम गर्ने संस्कारको विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले आफू सरकारमा नरहे पनि कर्मचारीको हक हितका लागि सदैव तयार रहने भनाइ व्यक्त गर्दै अब बन्ने सरकारले सबैलाई समेटेर लानुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलनाथ दाहालले सरकारी बैंकलाई कसरी आकर्षित गर्न सकिन्छ त्यस विषयमा बृहत् छलफल हुन आवश्यक रहेको टिपप्णी गर्नुभयो ।

त्यस्तै राष्ट्रिय वाणिज्य बैंकअन्तर्गत राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष दीपेन्द्र कार्कीले ट्रेड युनियनलाई व्यावसायिकरुपमा अगाडि बढाउनुपर्ने भनाइ व्यक्त गर्नुभयो भने यता कर्मचारी संघका अध्यक्ष बेदबाहदुर लावतीले कर्मचारीको वृद्धि विकासमा विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter