• Wednesday, June 11, 2025

धरानमा पदमार्ग र होमस्टेबारे अध्ययन शुरु

Home Stayइनरुवा, पुस २८ गते । सुनसरीको धरान उपमहानगरपालिकामा पर्यटनको विकास तथा प्रवद्र्धनको विषयमा लामो समयदेखि चर्चा चले पनि त्यो व्यावहारिक रुपमा कार्यान्वयन हुन सकेको थिएन । यो विषय चर्चामा मात्रै सीमित थियो ।

तर अब स्थानीय सरकार बनेपछि बल्ल उपमहानगरपालिकाले स्थलगत अध्ययन शुरु गरेको छ । समितिले पहिलो चरणअन्तर्गत धरानमा पदमार्ग र होमस्टेबारे अध्ययन शुरु गरेको धरान उपमहानगरपालिकाका प्रेस संयोजक योगेश बाबु काफ्लेले जानकारी दिनुभयो ।

पदमार्ग अध्ययन टोलीले धरान–४ वसन्तटारस्थित अग्र्यानिक गाउँदेखि दानाबारी गढी थुम्की हुँदै सेर्गेसम्म स्थानीयवासीसँग छलफल गर्दै अध्ययन गरेको छ । दानाबारी, हर्दियादेखि सेर्गे गाउँ हुँदै नाम्जेको बीचमा इको ट्र्याक र क्यानोनिङका लागि उपयुक्त स्थल पनि फेला पारेको पर्यटन प्रवद्र्धन समिति, धरानका सदस्य लेखमणि जिमीले बताउनुभयो ।

दानाबारी पछिल्लो समयमा धरानेका लागि हाइकिङ ९पदयात्रा० गन्तव्य बन्दै गएको छ । यहाँको भ्यू प्वाइन्टबाट मौसम खुल्दा धरानका साथै तराईको सुन्दर दृश्यावलोकन समेत गर्न सकिन्छ ।

यो पदमार्गमा दानाबारी सम्मको एक दिनको हाइकिङ गर्न सकिन्छ भने दुई दिन एक रात वा तीन दिन दुई रातको प्याकेजमा ट्रेकिङ गर्न सकिन्छ । पदमार्गमा पहिचान भएका क्षेत्रमा पर्यटन सम्बन्धि सचेतना कार्यक्रमसहित भौतिक संरचना निर्माण गरिने पर्यटन प्रवद्र्धन समितिका सहसंयोजक किशोर थुलुङले बताउनुभयो ।

पर्यटन प्रवद्र्धन समितिले गन्तव्यस्थलको पहिचान र साहसिक खेल प्रवद्र्धन गर्ने कार्ययोजना बनाएर अघि बढ्न सके धरानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास सँगै पर्यटन व्यवसायलाई आर्थिक स्रोतको मूल आधार बनाउन सकिनेमा कुनै दुई मत देखिँदैन । त्यसैले धरान उपमहानगरपालिकाले थालेको कामलाई प्रचारका लागि प्रचार मात्र नगरी यसलाई अन्तिम रुप दिन जरुरी देखिन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter