• Friday, June 13, 2025

पालुङमा तरकारी जोनको तयारी

Vegetableराममणि दाहाल / हेटौँडा, पुस २८ गते । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकवानपुरको मौसमी तथा बेमौसमी तरकारी उत्पादन हुँदैआएको उत्तरी क्षेत्रलाई तरकारी जोनका रूपमा विकास गरिने भएको हो । परियोजना कार्यान्वयन गर्न थाहा नगरपालिकाको पालुङमा परियोजना कार्यान्वयन तरकारी जोनको कार्यालय स्थापना गरिएको छ ।

व्यावसायिक कृषि उत्पादनका लागि सुपर जोन, जोन, ब्लक र पकेटक्षेत्र निर्माण हुँदैआएकोमा इन्द्रसरोवर गाउँपालिका र थाहा नगरपालिकाको साविकको टिस्टुङ गाविस बाहेकका १ देखि १० नम्बरसम्मका वडालाई समेटेर तरकारी जोन घोषणा गरिएको छ ।

मकवानपुरकै पहिलो कृषि जोनमा कृषकको मागका आधारमा कार्यक्रम तय गरिने परियोजना कार्यान्वयन एकाइ, पालुङका वरिष्ठ कृषि अधिकृत सुजन अम्गाईँले जानकारी दिनुभयो । परियोजनाअन्तर्गत चालू आर्थिक वर्षमा तीन÷तीन वटा तालिम र प्रदर्शनी हुने छन् ।

परियोजनाले समूहमा प्लास्टिक टनेल, कृषि औजार, हाते ट्याक्टर र तरकारी सङ्कलन केन्द्र निर्माण गर्न अनुदानमा रकम उपलब्ध गराउने छ ।

कृषक समूहसँगै कृषि सहकारी, जलउपभोक्ता समिति र व्यावसायिक कृषि फार्मलाईसमेत परियोजनाले अनुदान उपलब्ध गराउने भएको छ । जलउपभोक्ता समितिलाई साना सिँचाइका लागि र व्यावसायिक कृषि फार्मलाई तरकारी सङ्कलन केन्द्र निर्माण बाहेकको क्षेत्रमा रकम उपलब्ध गराइने वरिष्ठ कृषि अधिकृत अम्गाईँले बताउनुभयो ।

उहाँका अनुसार कृषि जोन स्थापनापछि कृषकले हाल अपनाइ रहेको कृषि प्रविधिलाई आधुनिकीकरण गर्न सहयोग पुग्ने उत्पादनमा वृद्धि हुनेछ । तरकारी जोनमा तरकारी खेती कार्यक्रम सञ्चालन हुने भएकोले परियोजनाबाट स्थानीय किसानलाई ८५ प्रतिशतसम्म अनुदानमा रकम उपलब्ध गराइने छ । परियोजनाका लागि एक करोड ३० लाख रुपियाँ विनियोजन भई आएकोमा ३० प्रतिशत रकम कार्यक्रममा खर्चिने र बाँकी कार्यालय व्यवस्थापन एवं प्रशासनिक खर्च हुनेभएको छ ।

परियोजनाले कृषि उपज उत्पादन, प्रशोधन तथा बजारीकरणमा सहयोग पुग्ने गरी कार्यक्रम सञ्चालन गर्न इच्छुक कृषक समूह, कृषि सहकारी, जलउपभोक्ता समिति र व्यावसायिक कृषि फार्मलाइ सूचीकृत हुन आह्वान गरेको छ ।

परियोजनाको पहिलो वर्ष भएकोले मागअनुसार आगामी आर्थिक वर्षमा कार्यक्रम र बजेट वृद्धि हुने वरिष्ठ कृषि अधिकृत अम्गाईँले बताउनुभयो । आर्थिक वर्ष २०७३÷७४ बाट सुरु भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि जोन स्थापना गर्न सो क्षेत्रमा कम्तीमा पाँच सय हेक्टर जग्गामा तरकारी खेती गरिएको हुनुपर्ने छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter