• Sunday, June 15, 2025

तोकिएको समयमा राष्ट्रियसभाको निर्वाचन गराउन एमालेको जोड; राष्ट्रिय सभामा एमालेका २९, माओवादीका १४ उम्मेदवार हुने

UML party officeकाठमाडौँ, माघ ३ गते । नेकपा (एमाले)ले तोकिएको समयमै राष्ट्रियसभा निर्वाचन गराउन सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

आज पार्टी मुख्यालयमा बसेको एमाले स्थायी कमिटी बैठकले राष्ट्रियसभाको निर्वाचन गर्न ढिलाइ गरिरहेको भन्दै तोकिएको समयमा निर्वाचन गर्न सरकार र आयोगसँग माग गरिएको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

उहाँले सरकारले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न गरिएको ढिलाइले राष्ट्रियसभाको निर्वाचन प्रभावित हुने भएकाले तत्काल प्रदेश प्रमुख र अस्थायी राजधानी तोकी राष्ट्रियसभा निर्वाचनको मिति तय गर्न माग गरिएको बताउनुभयो ।

कामचलाउ हैसियतको सरकारले नयाँ दरबन्दी सिर्जना गर्ने, सरुवा बढुवा गर्ने, राज्यको ढुकुटीबाट रकमान्तर गरी खर्च गर्ने काम रोक्नुपर्नेमा बैठकले जोड दिएको भट्टराईले बताउनुभयो ।

बैठकले राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवार चयन गरी पठाउँदा विशेष ध्यान दिन मातहतका कमिटीलाई निर्देशनसमेत दिएको छ । “राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको नाम सिफारिश गर्दा यसअघिका चुनावमा उम्मेदवार नभएका र विभिन्न क्षेत्रमा योगदान पु¥याएका पार्टीका नेता तथा कार्यकर्तालाई छनौट गर्न मातहत कमिटीलाई निर्देशन दिने निर्णय गरेका छौँ” उहाँले भन्नुभयो– “प्रदेशबाट सिफारिश मागेका छौँ, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कतिपय भूगोल, क्षेत्र र समुदाय छुटेका छन् तर अब राष्ट्रियसभाको निर्वाचनमा त्यस्तो नहोस् भनेर तल्लोतहबाटै विशेष ध्यान दिई सिफारिश गर्न भनेका छाँै ।”

प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नेसम्बन्धमा सरकारले आफ्नो दलसँग सल्लाह नगरेको उहाँले बताउनुभयो । पार्टी कार्यालय धूमबाराहीमा कार्यवहाक अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा सो बैठक बसेको थियो ।

राष्ट्रिय सभामा एमालेका २९, माओवादीका १४ उम्मेदवार हुने

एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभाका लागि संयुक्त रूपमा उम्मेदवारी दिने गरी संख्या निर्धारण गरेका छन् । सात प्रदेशबाट ५६ सदस्यका लागि हुने निर्वाचनमा दुई दलले ४३ सिट बाँडफाँड गरेका छन् भने १३ सिट साना दलका लागि साँचेको छन् ।

एमालेले २९ र माओवादीले १४ सिटमा उम्मेदवारी दिने सहमति भएको छ । वाम गठबन्धनको ६ सदस्यीय कार्यदलले यस्तो सहमति गरेको हो ।

कार्यदलको आज बसेको बैठकपछि नेता सुवास नेम्वाङले दुई दलले ४३ सिटमा साझा उम्मेदवारी दिने र १३ सिटमा साना दलसँग सहमति गर्ने गरी प्रतिवेदन तयार पारिएको जानकारी दिए ।

कार्यदलले तयार पारेको प्रतिवेदन दुवै पार्टीका शीर्ष नेता सम्मिलित पार्टी उकता संयोजन समितिसमक्ष पेश गरिने भएको छ ।

कार्यदलको प्रतिवेदन सुझाबका रूपमा रहने कार्यदल सदस्य नेम्वाङले बताए ।

प्रतिवेदनमा उम्मेदवार चयनका लागि खुला, महिला, दलित र अल्पसंख्याक वा अपांगता भएका व्यक्तिको क्लष्टर अनुसार नै कहाँबाट कुन दलले कति उम्मेदवारी दिने भनी टुंग्याइएको नेता नेम्वाङले बताए । तर, विस्तृत विवरण भने सार्वजनिक गरेनन् ।

पार्टी एकताको समेत तयारीमा रहेका एमाले र माओवादी केन्द्रले यसअघि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि साझा उम्मेदवार उठाएका थिए । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter