• Saturday, June 14, 2025

एमाले–माओवादी एकता संयोजन समितिको बैठकले गर्यो यस्ता तीन निर्णय

Communist Party Flagकाठमाडौँ, माघ ७ गते । नेकपा एमाले र माओवादी केन्द्रकाबीच पार्टी एकता गर्न शिर्ष नेताहरु सम्मिलित पार्टी एकता संयोजन समितिको बैठक सकिएको छ।

बैठकले प्रदेश सरकार गठन र राष्ट्रियसभा निर्वाचनका लागि गठित कार्यदलको रिपोर्ट अनुमोदन गर्ने निर्णय गरेको एमाले नेता सुवास नेम्वाङले बताए । उनका अनुसार अनुसार बैठकले साझा चुनावी घोषणापत्रमा उल्लेखित विकास र समृद्धिको एजेण्डा कार्यान्वयन गर्ने भन्दै समितिले नयाँ कार्यदलको गठन गरेको छ। कार्यदलमा एमालेका भीम रावल, युवराज खतिवडा, विजय पौडेल छन् भने माओवादीबाट वर्षमान पुनसहित तीन जना छन् ।

यस्तै, समितिको बैठकले दुई पार्टीका अध्यक्षबीच जारी छलफललाई निश्कर्षमा पु¥याएर वैचारिक र सांगठनिक कार्यदल बनाउने समेत निर्णय गरेको छ।

निर्णयहरू यस्ता छन् :

(१) प्रदेश सरकार गठन र राष्ट्रिय सभा निर्वाचनका लागि गठित कार्यदलकाे रिपाेर्ट अनुमाेदन गर्ने

(२) साझा चुनावी घाेषणा पत्रमा उल्लेखित विकास र समृद्धिकाे एजेण्डाकाे कार्यान्वयनका लागि गृहकार्य गर्न नयाँ कार्यदल गठन गर्ने

(३) एमाले अध्यक्ष केपी अाेली र माअाेवादी अध्यक्ष प्रचण्डबीच जारी छलफललाई निष्कर्षमा पुर्‍यार्इ वैचारिक र सांगठानिक कार्यदल बनाउने

त्यस्तै, ओली निवासको बैठकले वाम गठबन्धनको साझा घोषणा पत्रमा उल्लेख भएको सुशासन र समृद्धिको लक्ष्य हासिल एमाले उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको छ ।

एमाले भीम रावल, डा. विजय पौडेल, युवराज खतिवडा र माओवादीबाट वर्षमान पुन, गिरिराजमणि पोखरेल र डा. मीनबहादुर श्रेष्ठ सदस्य रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

जसअनुसार राष्ट्रिय सभा सदस्यमा एमालेका तर्फबाट २९ जना र माओवादीबाट १४ जना रहने पनि संयोजन समितिले निर्णय गरेको छ ।

प्रदेश सरकार, मूख्य मन्त्री, सभामुखलगायतका पदहरुको विषयमा रिपोर्ट पेश गर्न कार्यदललाई थप समय पनि दिइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter