• Saturday, June 14, 2025

चुक्ता पूँजी पुर्याउन हकप्रदको बाटोमा बैंक

Nepal-Bankers’-Associationरमेश लम्साल / काठमाडौं । ‘क’ वर्गका चारवटा वाणिज्य बैंकले छ करोड ५६ लाख ८६ हजार ७८४ कित्ता बराबरको हकप्रद शेयर बिक्री गर्ने भएका छन् ।

प्रभु, सिद्धार्थ, कुमारी र नेपाल क्रेडिट एण्ड कमर्स बैंकले सो परिमाणमा हकप्रद शेयर बिक्री गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकले तोकेको रु आठ अर्ब चुक्ता पूँजी पु¥याउन ती बैंकले हकप्रद शेयरको बाटो रोजेका हुन् । बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा चुक्ता पूँजी पु¥याउन थप छ महिनाको समयसीमा दिएको थियो ।

तर एनएमबी बैंकले भने एक करोड १४ लाख कित्ता फरदर पब्लिक अफर (एफपिओ) बिक्री गर्न लागेको छ । सो समेत गरी कूल सात करोड सात करोड ७१ लाख एक हजार १७० कित्ता शेयर बजारमा आउन लागेको हो ।

सिद्धार्थ बैंकले पनि राष्ट्र बैंककै निर्देशनअनुसार चुक्ता पूँजी बढाउन हकप्रद शेयर निष्कासन गर्ने बाटो रोजेको हो । सो उपाय अपनाउँदासमेत बैंकको चुक्ता पूँजी रु आठ अर्ब पुग्ने देखिँदैन । हकप्रद शेयर बिक्री गर्दा अपुग हुने रकमका लागि बैंकले बोनस शेयरको अवधारणा अगाडि सारेको छ ।

बैंकले रु छ अर्ब ६२ करोड ८८ लाख ७९ हजार बराबरको १० प्रतिशतले हुन आउने ६८ लाख २६ हजार ११७ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले गत पुस ४ गते हकप्रद शेयर निष्कासनको अनुमति दिएको थियो ।

हकप्रद शेयरपछि बैंकको चुक्ता पूँजी रु सात अर्ब ५० करोड ८७ लाख पुग्नेछ भने बाँकी रकम परिपूर्ति गर्न बैंकको चालू आवको नाफाबाट बोनस वितरण गरिनेछ ।

त्यसैगरी कुमारी बैंकले पनि चुक्ता पूँजी रु आठ अर्ब पु¥याउन हकप्रद शेयरकै बाटो रोजेको छ । हकप्रदका लागि बोर्डमा आवेदन दिइसकेको छ । बैंकको चुक्ता पूँजी रु पाँच अर्ब ९६ करोड ९४ लाख ९६ हजार बराबरको २० प्रतिशत अर्थात् १० बराबर दुईका दरले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरिएको छ ।

बैंकले रु एक अर्ब १९ करोड ३८ लाख ९९ हजार १६५ बराबरको एक करोड १९ लाख ३८ हजार ९९१ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको जनाएको छ । विभिन्न चारवटा वित्तीय संस्थालाई प्राप्ति गर्दासमेत चुक्ता पूँजी रु आठ अर्ब नपुगेपछि सो बैंकले हकप्रदको बाटो रोजेको हो । बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको छ । बैंकले दुई बराबर एक अनुपातमा दुई करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । सो बैंकले पनि चुक्ता पूँजी पु¥याउन हकप्रदकै बाटो रोजेको छ ।

रु चार अर्ब ६७ करोड ९० लाख ५८ हजार चुक्ता पूँजी रहेको बैंकको हकप्रद शेयरपछि चुक्ता पूँजी रु सात सात अर्ब एक करोड ८५ लाख ८७ हजार पुग्नेछ । बाँकी रकम कसरी पु¥याउने भन्ने उपायको खोजी भइरहेको जनाइएको छ । बैंकको हकप्रद शेयर निष्कासनका लागि सनराइज क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।

प्रभु बैंकको ४० प्रतिशत हकप्रद शेयर निष्कासन भइसकेको छ । सो बैंकले १० बराबर चार अनुपातमा दुई करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद शेयर बिक्री शुरु गरिसकेको छ ।

बैंकले गत पुस २० गतेसम्म कायम रहेका शेयरधनीले हकप्रद शेयर लिन सक्ने व्यवस्था गरिएको छ । यही माघ ७ देखि फागुन १३ गतेसम्म हकप्रद शेयरमा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी रु पाँच अर्ब ८८ करोड १४ लाख छ । चालीस प्रतिशत हकप्रद शेयर बिक्रीपछि बैंकको चुक्ता पूँजी रु आठ अर्ब २३ करोड ३९ लाख ६२ हजार पुग्नेछ । नेपाल राष्ट्र बैंकले रु आठ अर्ब चुक्ता पूँजी पु¥याउन दिएको निर्देशनअनुसार नै हकप्रद शेयर निष्कासन गरिएको बैंकले जनाएको छ ।

एनएमबी बैंकले एक करोड १४ लाख कित्ता थप फरदर पब्लिक अफर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ । तर अनुमति भने पाइसकेको छैन । शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ ।

तीन बैंकको विवरण सार्वजनिक

विभिन्न बैंकले चालू आवको छ महिनाको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । सानिमा बैंक, सिद्धार्थ बैंक र सिटिजन्स बैंकले आफ्नो विवरण सार्वजनिक गरेका हुन् ।

विवरणअनुसार सानिमा बैंकको नाफा रु ८२ करोड ४७ लाख पुगेको छ । गत वर्ष पुसमा रु ६२ करोड २४ लाख नाफा गरेको थियो । बैंकको प्रतिशेयर आम्दानी रु २० रहेको छ ।

सिद्धार्थ बैंकले रु ७७ करोड २८ लाख नाफा गरेको छ । गत वर्षको छ महिनामा रु ७२ करोड ६० लाख नाफा गरेको थियो । बैंकको खराब कर्जा १.५० प्रतिशत छ भने प्रति शेयर आम्दानी रु २२ रहेको बैंकले जानकारी दिएको छ ।

सिटिजन्स बैंकले चालू आवको छ महिनामा रु ६२ करोड ८६ लाख नाफा गरेको छ । गत वर्ष बैंकले रु ६३ करोड १६ लाख नाफा गरेको थियो । बैंकको खराब कर्जा १.९४ प्रतिशत छ भने प्रतिशेयर आम्दानी रु १५ रहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter