• Wednesday, May 28, 2025

सबै खाले सुरक्षा रणनीति अवलम्बन गर्ने निर्णय

Electionकाठमाडौँ, माघ ८ गते । राष्ट्रियसभा सदस्य निर्वाचनको सन्दर्भमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित वातावरणमा सम्पन्न सबै खाले सुरक्षा रणनीति अवलम्बन गर्ने निर्णय गरेको छ ।

निर्वाचन आयुक्त सुधीरकुमार शाहको संयोजकत्वमा निर्वाचन आयोगमा आज बसेको बैठकले यही माघ २४ गते बुधबार हुने उक्त निर्वाचनका लागि सुरक्षा निकायले सुरक्षा रणनीति तथा कार्यनीति निर्माण गरी अघि बढ्ने निष्कर्ष निकालेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

बैठकमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण तरिकाबाट सम्पन्न गराएकोमा सबै सुरक्षा निकायलाई बधाई एवं धन्यवाद दिनुभएको थियो ।

आयुक्त शाहले निर्वाचनमा चुस्त, प्रभावकारी र परिणाममूलक सुरक्षा प्रबन्ध मिलाउन र समन्वयका साथ कार्य गर्ने निर्देशन दिनुभयो । सो अवसरमा गृहमन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मन्त्रालयले तयार पारेको सुरक्षा कार्ययोजनाबारे बैठकलाई गराउनुभएको प्रवक्ता जानकारी दिनुभयो ।

बैठकमा निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल, रक्षा मन्त्रालयका सचिव विनोद केसी, नेपाली सेनाका रथी पूर्णचन्द्र थापा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मी तथा रक्षा तथा गृह मन्त्रालय र निर्वाचन आयोगका उच्च तहका अधिकारीको सहभागिता हुनुहुन्थ्यो ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter