• Sunday, June 15, 2025

मोदीखोलामा सातवटा जलविद्युत् आयोजना

hydropowerफलेवास, पर्वत, फागुन १७ गते । मोदी खोलामा सातवटा जलविद्युत् आयोजना बन्ने भएका छन् । हालसम्म मोदीमा दुईवटा आयोजना निर्माण भई सञ्चालनमा छन् भने दुईवटा निर्माणाधीन छन् । अन्य तीनवटा आयोजना निर्माणको प्रक्रियामा छन् । पोखरा–बाग्लुङ राजमार्ग सञ्चालनमा आएसँगै मोदीखोलामा जलविद्युत् आयोजना निर्माणको बाटो खुलेको हो ।

सन् २००० देखि नेपाल विद्युत् प्राधिकरणले निर्माण शुरु गरेको १४ दशमलव ८ मेगावाटको मोदीखोला जलविद्युत् आयोजनाले २०५७ देखि उत्पादन शुरु गरेको थियो । त्यसैगरी २०६९ मा युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गरेको युनाइटेड मोदी–१ आयोजनाबाट १० मेगावाट विद्युत् उत्पादन भइरहेको छ । अहिले मनाङ ट्रेड लिंकको २० मेगावाटको तल्लो मोदी र चौधरी ग्रुपको १५ दशमलव १ मेगावाटको मध्यमोदी आयोजना निर्माणाधीन अवस्थामा छ । तल्लो मोदीको ९५ प्रतिशतभन्दा बढी काम तथा मध्यमोदीको करिब आधा काम सकिएको आयोजनाले जनाएको छ ।

तल्लो मोदीको निर्माणमा ढिलाइ भएको आयोजना प्रमुख पवनकुमार यादवले जानकारी दिनुभयो । मोदीखोलामा पछिल्लो समय विद्युत् प्राधिकरणले दुईवटा तथा युनाइटेड मोदी हाइड्रो पावर कम्पनीले एउटा आयोजना निर्माण गर्दैछ । प्राधिकरणले ४२ मेगावाटको अपर मोदी ‘ए’ र १८ दशमलव २ मेगावाटको अपर मोदी निर्माण गर्ने प्रक्रिया थालेको छ । युनाइटेड मोदीले १० दशमलव पाँच मेगावाटको युनाइटेड मोदी–२ निर्माण थाल्न सर्वसाधारणबाट लगानी जुटाएको थियो ।

प्राधिकरणले अपर मोदी ‘ए’ र अपर मोदी निर्माणको काम अघि बढाएको छ । आयोजना प्रमुख सञ्जीवमान राजभण्डारी १० महिनाभित्र डिपीआर तयार हुने बताउनुहुन्छ । सातवटा आयोजनाबाट १३० मेगावाट विद्युत् उत्पादन हुने छ । हाल सञ्चालनमा रहेका मोदीखोला र युनाइटेड मोदीबाट २४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । निर्माणाधीन १५ दशमलव १ मेगावाटको मध्यमोदी आयोजनाको लागत अनुमान रु तीन अर्ब रहेको छ भने तल्लो मोदीको निर्माण लागत रु साढे तीन अर्ब अनुमान गरिएको छ । मोदीखोलामा मात्रै जलविद्युत् आयोजनामा कम्तीमा रु २६ अर्ब लगानी हुने देखिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter