• Sunday, June 15, 2025

भारततर्फ निर्यात हुन थाले माछा

siraha-fishसिराज खान / नेपालगञ्ज, फागुन २० गते । बर्दिया जिल्लामा उत्पादित माछा नेपाली बजारको साथै भारततर्फ समेत निर्यात हुन थालेको छ । जिल्ला कृषि विकास कार्यालय, बर्दियाका अनुसार बर्दियामा उत्पादित माछा मध्य पश्चिमका विभिन्न जिल्ला तथा सीमावर्ती क्षेत्रका भारतीय बजारमा पनि नेपालबाट माछा जान थालेका छन् ।

मध्य पश्चिमका विभिन्न जिल्लामा माछाको माग बढ्दै गएपछि बर्दियामा माछापालन व्यवसाय बढ्दैगएको छ । थोरै लगानीमा छोटो समय र कम मिहिनेतमा धेरै कमाइ हुने भएपछि बर्दियाका धेरै किसान माछापालनतर्फ आकर्षित भएका हुन् । maxapalan

जिल्ला कृषि विकास कार्यालय, बर्दियाका मत्स्य विकास प्रमुख गणेश थापाका अनुसार गत वर्षमात्रै बर्दियाबाट करिब ३० करोड रुपियाँकोे माछा निकासी भएको छ । माछाको माग निकासी भन्दा पनि धेरै रहेको छ ।

बर्दियामा उत्पादन भएका माछा बा“के, सुर्खेत, दाङ, कैलाली जिल्लामा निकासी हुने गरेको छ । प्रमुख थापाले यहा“का माछा सीमावर्ती भारतीय बजारमा समेत खरिदबिक्री हुने गरेको दाबी गर्नुभयो ।

तीन वर्षअघि आधुनिकीकरण कृषि परियोजना अन्तर्गत बर्दियाको बढैयातालका किसानलाई माछापालनका लागि परियोजनाले अनुदानबापत तीन करोड रुपियाँ अनुदान दिएको थियो । त्यसयता जिल्लामा व्यावसायिक रूपमा माछा उत्पादन बढ्दैगएको हो ।

आर्थिक वर्ष २०६४÷६५ देखि अभियानका रूपमा मत्स्य उत्पादन कार्यक्रम जिल्लामा लागू गरिएपछि व्यावसायिक माछापालन गर्ने कार्य सुरु भएको हो । फिस मिसन कार्यक्रमबाट एक हेक्टर पोखरी खन्न एक लाख रुपियाँ अनुदानका रूपमा दिने व्यवस्था भएपछि मत्स्यपालनमा कृषकको आकर्षण झनै बढेको कृषि विकास कार्यालयले जनाएको छ ।

नमुना मत्स्य उत्पादन पकेट क्षेत्रका रूपमा जिल्लाको सोरहवामा मात्रै १५५ हेक्टर क्षेत्रफलमा २७० पोखरी खनेर माछा पालिएको छ । त्यसबाहेक ७० हेक्टर क्षेत्रफल रहेको बढैया तालमा समेत माछापालन गरिएको छ ।

जिल्लामा हाल ५०७ हेक्टर क्षेत्रफलमा व्यावसायिक माछापालन गरिएको कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा वार्षिक १४ सय २८ मेट्रिक टन माछा उत्पादन हुन्छ ।

कार्यालयले कृषि प्रसार कार्यक्रम अन्तर्गत साना पोखरी, घोलमा माछापालन, मुक्तकमैया क्षेत्रमा माछापालन, माछाका भुरा ढुवानी अनुदान, आकस्मिक सेवा, करेसाबारीमा माछापोखरी लगायतमा सहयोग गर्दैआएको छ ।

बजारको समस्या पनि नहुनु र उत्पादन समेत राम्रो भएकाले यस क्षेत्रमा कृषकको सङ्ख्या बढ्दो छ । व्यावसायिक रूपमा माछापालन गर्ने हो भने बजारको समस्या नभएको स्थानीय किसान जिवन थारूले बताउनुभयो ।

परम्परागत खेतीबाट घर चलाउनै धौ–धौभएपछि माछापालन सुरु गरेको जनाउँदै थारूले थोरै समयमा यसबाट राम्रो आम्दानी गर्न सफल भएको जनाउनुभयो ।

लगानीको अनुपातमा आम्दानी दोब्बर हुन थालेपछि अधिकांश स्थानीयले धानखेती छाडेर माछापालन विस्तार गरेका छन् ।

जिल्लाका कृषक माछापालन व्यवसायतर्फ आकर्षित भएपछि जिल्लामै मत्स्य ह्याचरी फार्म सञ्चालनमा आएको छ । माछाका भुराको माग धेरै हु“दा व्यवसायीको मागअनुसार उत्पादन गर्ने उद्देश्यले मत्स्य ह्याचरी सञ्चालनमा ल्याइएको गौरीशङ्कर मत्स्य ह्याचरी फार्म सञ्चालन गरेका छन् ।

हालसम्म गौरीशङ्कर मत्स्य ह्याचरी फार्मले तीन करोड ह्याचरिङ, दुई करोड फ्राइ साइज र तीन लाख फिङ्गर साइजका भुरा उत्पादन गरिसकेको छ ।

हाल बढैयाताल गाउ“पालिकाको सोरहवा, मैनापोखर, कालिका, बारबर्दिया, बगनाह नगरपालिका लगायतमा माछा उत्पादन हुने गरेको छ । उत्पादित माछा जिल्लाका स्थानीय बजारका साथै नेपालगञ्ज, कोहलपुर, चिसापानी, कैलाली, दाङ, सुर्खेतसहित भारतका सीमावर्ती क्षेत्रमा समेत बिक्री हुनेगरेको १५ वर्षदेखि व्यवसाय गर्दै आउनुभएका नरेश थारूले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter