• Wednesday, June 11, 2025

पाकिस्तानी प्रधानमन्त्री अब्बासी काठमाडौँमा, अर्थमन्त्रीद्वारा स्वागत; अब्बासीलार्इ ‘गार्ड अफ अनर’

Guard of Honour Pak PMकाठमाडौँ, फागुन २१ गते । इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणको सिलसिलामा आज अपराह्न यहाँ आइपुग्नुभयो ।

प्रधानमन्त्रीमा नियुक्त हुनुभएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई शुभकामना दिन पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपाल आउनुभएको हो ।

पाकिस्तानी सेनाको विशेष विमानबाट यहाँ आउनुभएका प्रधानमन्त्री अब्बासीलाई अर्थ मन्त्री डा युवराज खतिवडा र परराष्ट्र सचिव शंकरदास बैरागीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गर्नुभयो ।

विमानस्थलबाट प्रधानमन्त्री अब्बासी केहीबेर विश्रामका लागि होटल हायात रिजेन्सी जानुभएको छ । आजै प्रधानमन्त्री अब्बासीको सम्मानमा राष्ट्रका तर्फबाट नेपाली सेनाको एक टुकडीले सैनिक मञ्च टुँडिखेलमा सम्मान गारत(गार्ड अफ अनर) प्रदान गर्नेछ ।

त्यगैगरी, आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पाकिस्तानी समकक्षीसँग पारस्परिक हित र चासोका विषयमा विचारविमर्श गर्नुहुनेछ । साथै उहाँले प्रधानमन्त्री अब्बासीको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग पाकिस्तानका प्रधानमन्त्री अब्बासीले राष्ट्रपति भवन शीतल निवासमा भोलि बिहान शिष्टाचार भेट गर्नुहुनेछ । राष्ट्रपतिसँगको भेट अघि उहाँको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता हुने कार्यक्रम छ ।

नेपालको दुई दिने भ्रमण पूरा गरी भोलि नै प्रधानमन्त्री अब्बासी स्वदेश प्रस्थान गर्नुहुनेछ ।

पाकिस्तानी प्रधानमन्त्री अब्बासीलार्इ ‘गार्ड अफ अनर’

पाकिस्तानी प्रधानमन्त्री शाहीद अब्बासीको सम्मानमा सरकारले सैनिक मञ्च टुँडिखेलमा ‘गार्ड अफ अनर’ दिएको छ । अाज साँझ ५ बजे अब्बासीलाइ नेपाली सेनाको सैन्य टुकडीबाट गार्ड अफ अनरको सम्मान दिइएको हो ।

टुँडिखेलमा अब्बासीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन् । गार्ड अफ अनरको सम्मान पाउने पहिलो विदेशी सरकार प्रमुख पाकिस्तानी प्रधानमन्त्री अब्बासी बनेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter