• Monday, June 16, 2025

खानीको अन्वेषण गर्न भूउपग्रह

Satelliteकाठमाडौँ, फागुन २३ गते । छ दशकदेखि नापीको काम गर्दैआएको नापी विभागले परिवर्तित परिस्थितिअनुसार आफ्ना सेवा भूउपग्रह(स्याटेलाइट)मार्फत गर्ने गृहकार्य गरिरहेको छ ।

केन्द्रका चार महाशाखा तथा विभिन्न जिल्लाका १२९ नापी कार्यालयमार्फत जनताको सेवा गर्दै आएको विभागले भूमि स्रोत, टोपोग्राफिकल नापी, अन्तर्राष्ट्रिय सीमासम्बन्धी प्राविधिक सहयोग, नियन्त्रण विन्दु तथा भौगोलिक सूचनाको पूर्वाधारको काम गर्दैआएको छ । विभागका निर्देशक दामोदर ढकालले भूउपग्रहमा आधारित कन्टिन्युयसली अपरेटिङ रेफरेन्स स्टेशन स्थापना गर्न छलफल भइरहेको जानकारी दिनुभयो ।

उक्त स्टेशन स्थापना गर्न सकिएमा नियन्त्रण विन्दु, भूकम्पमापन र खानीको अन्वेषण गर्न ठूलो सहयोग पुग्ने बताइएको छ । स्रोत साधनको व्यवस्था भयो भने भूउपग्रह छिट्टै राख्ने विभागको योजना छ । विभागका सूचना अधिकारी अनिल मरासिनीले विसं २०१४मा स्थापित विभागले भूव्यस्थापन तथा जनसरोकारलाई प्राथमिकतामा राख्दै काम गरिरहेको उल्लेख गर्नुभयो ।

विभागले प्रमुख रुपमा सगरमाथाको मापन र सीमासम्बन्धी काम गर्दै आएको छ । विभागले जग्गा किनबेच गर्ने व्यक्ति तथा संस्थाको जग्गा नापजाँच तथा नाप नक्शा गर्ने काम दैनिक गर्दैआएको छ ।

त्यस्तै टोपोग्राफिकल नापीअन्तर्गत विभिन्न नक्शा, अन्तर्राष्ट्रिय सीमासम्बन्धी प्राविधिक सहयोग र कुनको उचाइ कति भन्ने मापन हुँदैआएको छ । विभागले भौगोलिक पूर्वाधारको काम जस्तै बाटोघाटो, नहर, खोलानालासम्बन्धी सूचना संकलन, प्रशोधन, वितरण तथा भण्डारण गर्ने काम पनि गर्दै आएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter