• Monday, June 09, 2025

राष्ट्रपतिमा राजपाको समर्थन भण्डारीलाई

Bidhyaकाठमाडौँ, फागुन २५ गते । राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रपति चुनावमा एमालेका उम्मेदवार विद्यादेवी भण्डारीलाई समर्थन गर्ने निर्णय गरेको छ । सरकारमा सहभागी हुने विषयलाई लिएर सत्तारुढ दल नेकपा (एमाले) र माओवादी केन्द्रसँग राजपा नेपालले केही दिनदेखि वार्ता गरिरहेको छ । वार्ता सकारात्मक रुपमा अगाडि बढिरहेका कारण राष्ट्रपतिमा राजपा नेपालले भण्डारीलाई समर्थन गर्ने जनाइएको छ ।

पार्टीका महासचिव एवं प्रवक्ता केशव झाले संविधान संशोधनमा कुरा मिलेपछि एमालेसँग सहकार्य गर्ने छलफल जारी रहेका हुनाले आफ्नो पार्टीले सो पार्टीका उम्मेदवार भण्डारीलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारसँग वार्ता चलिरहेको छ, सहमति हुन्छ या हुँदैन थाहा छैन तर हामीले राष्ट्रपतिमा समर्थन गर्ने निर्णय गरिसकेका छौ ।’ राष्ट्रपतिको चुनाव फागुन २९ गते हुनेछ ।

सत्तारुढ दल र राजपा नेपालसँग केही दिनदेखि वार्ता चलिरहेको छ । राजपा नेपालले संविधान संशोधनलाई बटमलाइन बनाएको छ । यता सरकारको नेतृृत्व गरेको एमाले पनि संविधान संशोधनप्रति सकारात्मक भएको छ । दुई पक्षबीच मन्त्रालय बाँडफाँटको विषयमा कुराकानी चलिरहेको छ ।

पार्टीका सहमहासचिव डा.सुरेन्द्र झाले संविधान संशोधन र सरकारमा सहभागितालगायतका विषयमा छलफल भइरहेको छ तर यति वा त्यति मन्त्रालय दिने लिने विषयमा कुनै निष्कर्ष ननिस्केको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारमा जान राजपा नेपाललाई कुनै हतार छैन, राजपा नेपालले राखेको मागप्रति सरकारको स्पष्ट धारणा आए मात्र कुरा अगाडि बढ्छ ।’

बिहीवार पनि छलफलका लागि एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजपा नेपालका संयोजक महन्थ ठाकुरलाई बोलाउनुभएको थियो तर बैठक नै बस्न नसकेको सहमहासचिव झाले बताउनुभयो । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि राष्ट्रपतिमा सहयोग गर्नका लागि राजपा नेपालका संयोजक महन्थ ठाकुरलाई फोन गर्नुभएको थियो । त्यसको जवाफमा संयोजक ठाकुरले पार्टीमा छलफल गरेर जानकारी गराउने प्रतिक्रिया दिनुभएको बताइएको छ । ।

यता, फोरम नेपालसँगको वार्ता अन्तिम चरणमा पुगिसकेको छ । फोरम नेपालले सरकारमा जाने निर्णय गरिसकेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter