• Friday, June 13, 2025

हिंसाको संस्कृति हटाउन शाकाहारी जीवन पद्दति

Vegetableकाठमाडौँ, फागुन २६ गते । दुईदिने एसिया प्यासीफिक शाकाहारी सम्मलेन आजबाट राजधानीमा शुरु भएको छ ।

नेपाल शाकाहारी संघ र अन्तर्राष्ट्रिय शाकाहारी संघको सहकार्यमा शुरु भएको सो सम्मेलनको उद्घाटन गर्दै महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले मानव मनोविज्ञानबाट हिंसाको संस्कृति हटाउन शाकाहारी जीवन पद्दति उचित रहेको बताउनुभयो ।

“मांसाहारले विश्व तापमान अर्थात् जलवायु परिवर्तनमा समेत असर गरेको छ, गौतम बुद्धको ‘अहिंसा परमो धर्म’ भन्ने उक्तिलाई कार्यान्वयन गर्न सम्मेलनले सहयोग गर्ने विश्वास गरिएको छ, सम्मेलनको निष्कर्ष कार्यान्वयन गर्न सरकारका तर्फबाट सहयोग गर्नेछु”–उहाँले भन्नुभयो ।

जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले विषादीमुक्त शाकाहारी भोजन हुनुपर्ने बताउनुभयो । “सरकारले सीमाका क्वारेन्टाइनबाट बढी विषादीयुक्त सामग्री आयात भएमा प्रवेशमा रोक लगाउने निर्णय गरेको छ, मानव स्वास्थ्यलाई ध्यान दिएर यस्तो निर्णय गरिएको हो”–उहाँले भन्नुभयो ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्रकी कुसुम दिदीले जस्तो अन्न खायो त्यस्तै मन एवं विचार हुने भएकाले शुद्ध विचारका लागि त्यसै अनुसारको खाना खानुपर्नेमा जोड दिनुभयो ।

आइतबारसम्म हुने सम्मेलनमा शाकाहारी परिकारको कक्षसमेत राखिएको छ । सम्मेलनमा अमेरिका, इजिप्ट, थाइल्याण्ड, मलेसिया, चीन, इण्डोनेसिया, भारतलगायत तीस भन्दा बढी देशबाट सहभागी आएको आयोजक समितिले जनाएकोे छ ।

सम्मेलनमा शान्ति, अहिंसा, करुणा, मानव स्वास्थ्य र विश्व तापमान वृद्धिमा मासुका लागि बढ्दै गएको जनावर पालनले पार्ने प्रभावका विषयमा कार्यपत्र प्रस्तुत हुनेछ । उद्योग धन्दाले भन्दा मांसाहारका लागि एकै स्थानमा अत्यधिक संख्यामा पालिने घरपालुवा जनावरले तापमान वृद्धि गर्न सहयोग पु¥याएका छन् ।

मासु र जनावरजन्य उत्पादनले क्यान्सरलगायतका असाध्य रोग बढाइरहेको सन्दर्भमा शाकाहारको महत्वबारे जागरण फैल्याउने सम्मेलनको प्रमुख उद्देश्य छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter